५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

सांग्रिला बैंकले साइकल र्याली गर्दै

यस वर्षको विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले दोस्रो बृहत् साइकल र्याली आयोजना गर्ने भएको छ।  

जेठ २० गते बिहान ७ बजे बैंकले ‘सांग्रिला साइकल र्याली –२०८०’ आयोजना गर्ने भएको हो।  

उक्त दिन बिहान ७ बजेदेखि सांग्रिला बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय अगाडिबाट कार्यक्रम सुरु हुनेछ। र्यालीले शहरका मुख्य भागको परिक्रमा गर्नेछ। करिब एक घण्टापछि सानो गौचरणको चौरमा गएर सो र्याली समाप्त हुने बैंकले जनाएको छ।  

बैंकले यस पटक डेभलपमेन्ट बैंककोे छाता संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन (डिबान) सँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो।  

साइकल र्यालीमा सहभागी सबैलाई टिसर्टको व्यवस्था गरिएको थियो। सहभागीहरू मध्ये एकजनालाई लक्की ड्रबाट साइकल उपहार समेत दिइने बैंकका सूचना अधिकारी अपूर्व प्रसाद जोशीले जानकारी दिएका छन्। यस्तै, र्यालीमा सहभागी सम्पूर्ण सहभागीलाई एउटा–एउटा बिरुवा उपहार दिइने उनले बताए। साइकल र्यालीमा सहभागिताका लागि बैंकले अनलाइनबाट रजिष्ट्रेसन गर्न पाउने व्यवस्था समेत गरेको छ।

प्रकाशित: १८ जेष्ठ २०८० ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App