२ पुस २०८१ मंगलबार
image/svg+xml
अर्थ

कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणले दियो ठेक्का तोड्ने चेतावनी

नेपाल विद्युत् प्राधिकरणले कार्यप्रगति सनतोषजनक नभएको भन्दै एक ठेकेदार कम्पनीलाई ठेक्का रद्द गर्ने चेतावनी दिएको छ।

प्राधिकरणका  कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभर्‍याङमा निर्माणाधीन सवस्टेसन अनुगमन गर्दै सो चेतावनी दिएका हुन्। निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सवस्टेसनको निर्माण प्रगतिका सम्बन्धमा उनले जानकारी लिएका थिए।

गत फागुन अन्तिम साता पनि अनुगमन भ्रमणमा गएका उनले २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि पनि कुनै प्रगति नदेखिएकाले ठेक्का रद्द गर्ने चेतावनी दिएका हुन्। त्यतिबेला ठेकेदार कम्पनीले आगामी असारभित्र सवस्टेसनको निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता विपरीत निर्माणस्थलमा कुनै प्रगति नदेखिएकाले कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीलाई काममा सुधार नगरे ठेक्का तोड्ने बताएका हुन्।

उनले तुरुन्त काठमाडौँ आएर संयुक्त बैठक गर्न र यदि त्यसो गर्न नसके ठेक्का रद्द गरेर जान आग्रह गरे। चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनमिक एण्ड ट्रेडको काम सन्तोषजनक नभएपछि प्राधिकरणले ठेक्का तोडी बाँकी रहेको काम गर्न बोलपत्रमार्फत सिमेन्स लिमिटेड र टेल्मोस इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमसँग ५ पुस २०७५ मा सम्झौता गरेको थियो।

यही प्याकेजमा सुनसरीको इनरुवामा पनि २२० केभीको सवस्टेसनको निर्माण पनि कोभिड–१९को महामारीलगायत कारणले असर परेकाले आगामी असारभित्रमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो।

प्रकाशित: १४ जेष्ठ २०८० ०९:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App