२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जुम्ला र कालिकोटमा एफटीटीएच सेवाको सुरु

नेपाल टेलिकमले कर्णाली प्रदेशको जुम्ला र कालिकोटमा एफटीटीएच सेवा ‘एनटी फाइबर’ सुरु गरेको छ। गत जेठ १० गते कालिकोट र जेठ ११ गते जुम्लामा उक्त सेवाको सुरु  गरिएको हो।

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय सुर्खेत र कर्णाली प्रदेशका निर्देशक मिलन श्रेष्ठले दुवै जिल्लाका ग्राहकलाई आवश्यक सीपीई हस्तान्तरण गरी एनटी फाइबर सेवाको सुरु गरेका हुन्।

एनटी फाइबरमार्फत अत्याधुनिक प्रविधि प्रयोग गरी अब त्यसक्षेत्रका सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहित टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा पनि प्रयोग गर्न सक्नेछन्। यसअघि नै कम्पनीले कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, जाजरकोट र रुकुम पश्चिममा एफटीटीएच सेवा उपलब्ध गराइसकेको छ।

फाइबर टु द होम (एनटी फाइबर) सेवाको हाल उपलब्ध अफर अन्तर्गतको प्याकमा एकै पटक चार वटा सुविधा लिन सकिन्छ। यसबाट एकै पटक उच्च गतिको इन्टरनेटका साथै टेलिभिजन चलाउन, टेलिफोन सेवा प्रयोग गर्न र मोबाइल डाटासमेत चलाउन सकिन्छ। एउटै तारबाट आवश्यकता अनुसार चार वटा सुविधा चलाउन सकिने भएकाले नेपाल टेलिकमले यसलाई थ्री प्लस वान अर्थात् ‘अब एउटैमा तीन प्लस १’ सेवा नामकरण गरेको छ।

हाल स्प्रिङ अफर अन्तर्गत डाटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज वार्षिक ८ हजरमा उपलब्ध हुने कम्पनीले जनाएको छ। त्यसैगरी एनटीटीभीसहितको प्याकेज लिने ग्राहकलाई वार्षिक १२ हजारमा २० एमबीपीएसको इन्टरनेट, ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा उपलब्ध गराइएको कम्पनीले बताएको छ।

प्रकाशित: १४ जेष्ठ २०८० ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App