coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र केएफडब्लू बैंकबीच सम्झौता

सिटिजन्स बैंकले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवद्र्धनका लागि जर्मनस्थित केएफडब्लु डेभलपमेण्ट बैंक र नेपाल राष्ट्र बैंकबीच ‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुलर एण्ड सेमी-अर्वन एरियाज-एमएसएमइ फाइनान्स फेज ३ (सेड्रा ३)’ अन्तर्गत युरो ३५ लाख पुनरकर्जा र युरो ५ लाख बराबरको प्रावधिक सहयोग प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ। बैंकलाई केएफडब्लु बैंकले सेड्रा-३ प्रोजेक्टमा समझदारीको लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थामध्येबाट चयन गरेको हो।

यस कर्जाको मदतले नेपालमा महिलालाई उद्यमशील बनाइ महिला सशक्तिकरणमा टेवा पुर्‍याएको विश्वास बैंकले लिएको छ। ग्रामीण स्तरमा रहेका विपन्न वर्गलाई समूहमा आबद्ध गरी कर्जा प्रदान गर्दा ग्रामीण जनताहरू बढी व्यावसायिक भई लाभान्वित हुँदै जाने विश्वास बैंकको छ।

यस परियोजनाअन्तर्गत कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यावसायिक रूपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, बिस्तार र क्षमता एवम् उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन तथा प्राविधिक सहयोग प्रदान गरी देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पुर्‍याउने बैंकले जनाएको छ।

प्रकाशित: ११ जेष्ठ २०८० ०२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App