coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बिवाइडीले चखन्डोल सामुदायिक वनलाई पुनर्स्थापित गर्ने

बिवाइडी विद्युतीय गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले विश्व जैविक विविधता दिवसको अवसरमा सामाजिक उत्तरदायित्व ‘बिल्डिङ ड्रिम्स एण्ड फोरेष्ट’ अभियानको पहल गरेको छ। यस अभियानले २०६२ सालमा अवैध बालुवा उत्खनन र वन फडानीको शिकार भएको चखन्डोल सामुदायिक वनलाई पुनस्र्थापित र पुनर्जीवित गर्ने लक्ष्य राखेको छ।  

रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा साइमेक्सले नवीनतम मियावाकी प्रविधि प्रयोग गरी १५ सय रुख रोप्ने कार्यको नेतृत्व गर्ने जनाएको छ। यस कार्यको पहलले बिवाइडीको ‘एक डिग्री पृथ्वीलाई चिसो बनाउने’ दृष्टिकोणसँग पङ्तिबद्ध र वातावरणीय दिगोपन र जैविक विविधता संरक्षणमा कम्पनीको प्रतिबद्धता रहेको बताएको छ। यस अभियान मार्फत साइमेक्सले स्वदेशी रुखका प्रजातिहरूलाई पुनः परिचय दिएर तिनीहरूको वृद्धिको लागि अनुकुल वातावरण सिर्जना गरेर वनको पुरानो गौरवलाई पुनर्जीवित गर्ने लक्ष्य राखेको छ।  

प्रकाशित: ११ जेष्ठ २०८० ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App