१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

काफल बेचेर दैनिक दुई हजार कमाइ!

वीरेन्द्रनगरमा गुराँसेबाट काफल बिक्री गर्दै हिमाल। तस्बिर: गोविन्द/नागरिक

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि एक घन्टाको दूरीमा रहेको छ-गुराँसे लेक। उच्च पहाडी भेक भएकाले गुराँसेमा हिउँ पर्नेदेखि गुरासँ फुल्ने गर्दछ। गुराँसेमा हिउँ खेल्ने, गुराँस खेल्ने र लोकल कुखुराको स्वाद लिन वीरेन्द्रनगर र दैलेख बजारबाट समय निकालेर आउने गर्दछन्। अझ गर्मी महिनामा लेकाली चिसो परिवेशका कारण जंगलभरि काफलका बोट देख्न सकिन्छ।

तरकारीका उत्पादनले कहलिएको गुराँसे अहिले काफल पाउने लेकका रूपमा चिनिएको छ। गुराँसेका किसानले टिपेका ताजा काफल वीरेन्द्रनगरका चोकचोकमा २५ वर्षीय युवा हिमाल ढकालले डुलाउँछन्। उनले गुराँसेका काफल वीरेन्द्रनगरमा बजारीकरण मात्र गरेका छैनन्, वीरेन्द्रनगरको अत्यासलाग्दो गर्मीमा ताजा काफल चखाएका छन्।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि एक घन्टाको दूरीमा रहेको छ-गुराँसे लेक। उच्च पहाडी भेक भएकाले गुराँसेमा हिउँ पर्नेदेखि गुरासँ फुल्ने गर्दछ। गुराँसेमा हिउँ खेल्ने, गुराँस खेल्ने र लोकल कुखुराको स्वाद लिन वीरेन्द्रनगर र दैलेख बजारबाट समय निकालेर आउने गर्दछन्।

साँझ टिपेको काफल एकाबिहानै वीरेन्द्रनगरमा उनी पुर्‍याउँछन्। बेरोजगार बस्नुभन्दा आफ्नै गाउँघरमा पाइने काफल ८ देखि १० जना किसानसँग किनेर वीरेन्द्रनगरमा मूल्य राम्रो पाइने भएकाले हिमालले विगत एक महिनादेखि बिक्री गर्दै आएका हुन्।

प्रति माना ७० रूपैयाँ र प्रति गिलास २० रूपैयाँमा बिक्री गर्दै आएका हिमालले छिनभरमै काफल बिक्री हुने गरेको बताए। ‘खाँदा मिठो र ताजा भएकाले काफल छिटो बिक्री हुने गरेको छ’, गुराँसेबाट काफल बिक्रीका लागि वीरेन्द्रनगर आएका हिमालले भने, ‘घरमा बस्नुभन्दा काफल सिजनमा स्थानीयसँग खरिद गरेर यहाँ बिक्री गर्दा आफूलाई पनि आम्दानी हुन्छ।’

उनले गुराँसेबाट वीरेन्द्रनगर आउँदा-जाँदा सबै खर्च कटाएर दैनिक दुई हजार बढी कमाउने गरेको बताए।

हिमाल दैनिक गुराँसेबाट वीरेन्द्रनगर आउजाउ गर्दछन्। गुराँसेमा हिमालले खुद्रा पसलसमेत गरेका छन्। सिजनका बेला तरकारीदेखि काफललगायतका फलफूल बिक्री गर्दछन्।

प्रति माना ७० रूपैयाँ र प्रति गिलास २० रूपैयाँमा बिक्री गर्दै आएका हिमालले छिनभरमै काफल बिक्री हुने गरेको बताए।

धेरैले काफल किनेर आफन्तलाई उपहारका रूपमा नेपालगन्ज, काठमाडौं लगायतका ठाउँमा पठाउने गरेका छन्। गुराँसेको काफल बिहानै ताजा आउने भएकाले काठमाडौं फ्लाइटमा छिनभरमै आफन्तकहाँ पुग्ने स्थानीय भूपेन्द्र बिसीले बताए। ‘गुराँसेको काफल मिठो छ’, स्थानीय भूपेन्द्र बिसीले भने, ‘आफन्तलाई उपहारका रूपमा पठाउन सजिलो भएको छ।

प्रकाशित: १० जेष्ठ २०८० ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App