coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

१० महिनामा अढाई खर्बका कृषिजन्य वस्तु आयात

फाइल तस्वीर

मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ।

स्वदेशमै उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात हुँदा व्यापार घाटाको खाडल बढ्दै गएको हो। चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि वैशाखसम्म साढे २ खर्ब रूपैयाँका कृषि तथा वस्तुजन्य वस्तु विदेशबाट आयात भएको छ। स्वदेशमै उत्पादन गर्न सकिने सामान पनि विदेशबाट ल्याउनुपर्ने भएपछि व्यापार घाटा बढ्दै गएको हो।

नेपालीको भान्सामा पाक्ने चामल, माछामासु, तेल, प्याज, आलु, धनिया आदि भारत, चीन लगायत विभिन्न मुलुकबाट आयात हुन्छ। नेपालको माटोमा फलाउन सकिने एभोकार्डो युगान्डा र केन्या, अंगुर भारत र चीनबाट तथा किबी युनाइटेड अरब इमिरेट्स र ग्रिसबाट आयात भइरहेको छ। कफीका पारखी नेपालीले साइप्रस, इथोपिया, हङकङ, थाइल्यान्ड, बेलायतबाट आयातित कफी प्रयोग गरिरहेका छन्। कृषिजन्य वस्तु मात्र नभएर माछामासुमा समेत विदेशको भर पर्नुपर्ने अवस्था छ। भेडाको मासु अस्ट्रेलियाबाट आयात हुन्छ भने दुधका परिकार जापान, भारत, कतार, बेलायतबाट ल्याइन्छ।

मुलुकको व्यापार घाटा १० महिनामै १२ खर्ब रूपैयाँ पुगेको छ। सरकारले हरेक वर्ष बजेटमा स्वदेशी उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने नीति लिन्छ तर परिणाम भने निराशाजनक छ।

चालु आर्थिक वर्षको १० महिनामा चामल लगायतका खाद्यान्न खरिदमा ४७ अर्ब २९ करोड रूपैयाँ विदेश गएको छ। तयारी खाद्यवस्तु ११ अर्ब ६९ करोड रूपैयाँ, तरकारी २७ अर्ब ५३ करोड, फलफूल तथा मसला १६ अर्ब १९ करोड, चिया, कफी, मसला ६ अर्ब ६४ करोड रूपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ। त्यसैगरी, सुर्तीजन्य वस्तु २ अर्ब ७६ करोड, डेरी प्रोडक्टलगायतका वस्तु २१ अर्ब १९ करोड, तोरी, तेल, फलफूल लगायतका बिउ २० अर्ब रूपैयाँका आयात भएको भन्सार विभागको तथ्यांक छ।

आयात प्रतिस्थापन गर्न बाँझो जग्गा उपयोगमा ल्याएर उत्पादन बढाउने तयारी छ। धान, मकै, तरकारी, सुन्तला ,स्याउ, माछा, दुध उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने योजना छ। निर्यात प्रवद्र्धन गर्ने नीति पनि लिएका छौं।

–गोविन्दप्रसाद शर्मा, सचिव, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

सरकारले हरके वर्षको बजेटमा विभिन्न कृषिजन्य वस्तुको उत्पादन बढाउने बताउँदै आएको छ। कृषि क्षेत्रको विकासका लागि कृषि तथा पशुपन्छी मन्त्रालयका लागि चालु आवमा ५५ अर्ब ९७ करोड रूपैयाँ विनियोजन गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा कृषि क्षेत्रलाई ४५ अर्ब ९ करोड रकम विनियोजन गरिएको थियो।

विगतको तुलनामा कृषिजन्य वस्तुको आयात केही घटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दाबी छ। अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीका कारण कृषिजन्य लगायत अन्य वस्तुको आयात घटेको सरोकारवाला बताउँछन्। आयात प्रतिस्थापन गर्न बाँझो जग्गा उपयोगमा ल्याएर उत्पादन वृद्धि गर्ने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्माले बताए।

 शर्माका अनुसार धान, मकै, तरकारी, सुन्तला, स्याउ, माछा, दुध उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने योजना छ। ‘निर्यात प्रवद्र्धन गर्ने नीति लिएका छौं,’ सचिव शर्माले भने, ‘धानको आयात भने घटेको छ।’

विगतको तुलनामा कृषिजन्य वस्तुको आयात केही घटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको दाबी छ।

आयात हुनेमा सबैभन्दा धेरै खाद्यान्न लगायतका कृषिजन्य वस्तु छन्। सरकारले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने बताउँदै आए पनि पाँच वर्षको अवधिमा कृषि तथा पशुजन्य वस्तुको आयात दोब्बर बढेको छ। गत आव २०७८/७९ मा ३ खर्ब ४१ अर्ब ५१ करोड रूपैयाँको वस्तु आयात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

आव २०७४/७५ मा १ खर्ब ७१ अर्ब ३ करोड रूपैयाँको वस्तु आयात भएको थियो। त्यसयता बर्सेनि आयात बढ्दै गएको छ। आव २०७५/७६ मा १ खर्ब ८७ अर्ब ६५ करोड, २०७६/७७ मा २ खर्ब १२ अर्ब ७२ करोड र २०७७/७८ मा २ खर्ब ८४ अर्ब ९८ करोड रूपैयाँको कृषिजन्य वस्तु आयात भएको तथ्यांक छ।

आयात हुनेमा सबैभन्दा धेरै खाद्यान्न लगायतका कृषिजन्य वस्तु छन्। सरकारले कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने बताउँदै आए पनि पाँच वर्षको अवधिमा कृषि तथा पशुजन्य वस्तुको आयात दोब्बर बढेको छ।

यो तथ्यांकले नेपालमा कृषिजन्य वस्तुको उत्पादन र  बढ्दो परनिर्भरतालाई स्पष्ट पार्छ। सरकार र राजनीतिक नेतृत्वले कृषि आत्मनिर्भरताको नारा दिए पनि व्यवहारमा त्यस्तो देखिँदैन। कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण नहुँदा कृषिजन्य वस्तुमा परनिर्भरता बढ्दै गएको छ।

खेतबारीमा फल्न सक्ने धान, मकै, गहुँ, आलु, केरा, स्याउलगायत वस्तु विदेशबाट आयात भइरहेका छन्।

कृषिमा यान्त्रिकीकरण र व्यवसायीकरण नहुँदा स्वदेशमै उत्पादन हुन सक्ने वस्तु विदेशबाट आयात भएको छ। उत्पादन बढाउन नसक्दा कृषिजन्य वस्तुमा विदेशको भर पर्नुपर्ने अवस्था छ। कृषिमा केही लगानी बढे पनि मुख्य खाद्य बालीको उत्पादन बढ्न सकेको छैन। तरकारी, फलफूल, चिया, कफी, प्याज, अदुवा, लसुन, बेसार, अलैंची, मुसुरो, चना, रहर, मास, तेलहनअन्तर्गत तोरी, सस्र्युं, भटमासलगायत बालीले पनि राम्रो उत्पादन दिन नसक्दा विदेशको भर पर्नुपर्ने अवस्था छ।

प्रकाशित: १० जेष्ठ २०८० ००:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App