२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सडक निर्माणमा वन बाधक बन्यो, कानून परिमार्जन गरौँः राज्यमन्त्री चपाईं

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले सडक निर्माणमा वन बाधक बनेको भन्दै सहज रुपमा सकड निर्माणका लागि कानून परिमार्जन गर्न  जरुरी रहेको बताएकी छिन्। 

मंगलवार काठमाडौंमा स्पिकर फोरम नेपाल र मिडिया एण्ड कन्टेम्पोररी डेभलपमण्ट फाउण्डेशनले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी नीतिगत वहस कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएकी हुन। उनले  वन र सडकको तादम्यता नमिल्दा सडक निर्माण हुन नसकेको गुनासो आइरहेको बताइन।उनले जलवायु परिवर्तनको धेरै असर पहाडी क्षेत्रमा पर्ने भन्दै स्थानीय तहलाई यसको पूर्ण जिम्मेवारी दिएर अघि बढ्न जरुरी रहेको बताइन।

उनले  जलवायु परिवर्तनमा आउने रकमको सही सदुपयोग भएको छ वा छैन भन्नेबारेमा निरीक्षण हुन राज्यमन्त्री चपाईंले हरेक स्थानमा भइरहेको प्रदुषणको समाधान नहुँदा पहाडी र हिमाली क्षेत्रका बासिन्दाहरुले दुःख पाइरहेको बताइन।

प्रकाशित: ९ जेष्ठ २०८० १०:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App