coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वैदेशिक व्यापार ३ खर्बले घट्यो

मुलुकको वैदेशिक व्यापार करिब ३ खर्ब रूपैयाँले घटेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा (वैशाखसम्म) पोहोरको तुलनामा यो वर्ष आयात र निर्यातमा कमी आउँदा ३ खर्ब ११ अर्ब रूपैयाँले व्यापार घटेको छ। कुल वैदेशिक व्यापार १७.५४ प्रतिशतले घटेको छ।

मुलुकमा देखिएको आर्थिक मन्दी, रुस युक्रेन युद्ध लगायतका कारण आयातमा १६.७८ प्रतिशतले गिरावट आएको छ। विदेशबाट आयात हुने सामान पोहोरको तुलनामा ३ खर्ब ५ अर्बले घटेको छ।

गत वर्षको १० महिनामा १६ खर्ब ४ अर्ब रूपैयाँको वस्तु आयात भएकोमा यो वर्ष घटेर १३ खर्ब ३५ अर्ब रूपैयाँको वस्तु मात्र आयात भएको छ। चालु आर्थिक वर्ष २०७९/८० मा वस्तु निर्यातमा झन् ठूलो संकुचन आएको छ। १० महिनामा १ खर्ब ३० अर्ब ९० करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

 यो अघिल्लो आवको तुलनामा २४.४९ प्रतिशत कम हो। अघिल्लो आवको वैशाखसम्म १ खर्ब ७३ अर्ब ३४ करोड रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो। वस्तु आयात र निर्यात दुवैमा आएको संकुचनले कुल वैदेशिक व्यापारको आकार समेत घटेको छ।

मुलुकको वैदेशिक व्यापार करिब ३ खर्ब रूपैयाँले घटेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा (वैशाखसम्म) पोहोरको तुलनामा यो वर्ष आयात र निर्यातमा कमी आउँदा ३ खर्ब ११ अर्ब रूपैयाँले व्यापार घटेको छ। कुल वैदेशिक व्यापार १७.५४ प्रतिशतले घटेको छ।

सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ। इन्धन खरिदमा २ खर्ब ९१ अर्ब रूपैयाँ विदेशिएको छ। १ खर्ब १४ अर्ब रूपैयाँको आइरन र स्टिलको आयात भएको छ। त्यसैगरी, ४१ अर्ब २७ करोड रूपैयाँ बराबरका सवारी साधन, पार्टपुर्जा आयात भएको छ।

त्यसैगरी, निर्यात पनि २४.४९ प्रतिशतले घटेको छ। पोहोर सोही अवधिमा १ खर्ब ७३ अर्बको वस्तु निर्यात भएकोमा यो वर्ष १ खर्ब ३० अर्ब रूपैयाँको मात्र निर्यात भएको छ। गत वर्षभन्दा करिब ४३ अर्ब कमको वस्तु निर्यात भएको छ।

मुलुकको व्यापार घाटा साउनदेखि वैशाखसम्म १२ खर्ब ४ अर्ब पुगेको छ। पोहोरको तुलनामा व्यापार घाटा भने घटेको छ। गत वर्ष सोही अवधिमा १४ खर्ब ३१ अर्ब व्यापार घाटा थियो। सबैभन्दा ठूलो व्यापार भारतसँग रहेको छ। भारतबाट १० महिनामा ८ खर्ब ४४ अर्बको वस्तु आयात भएको छ भने भारततर्फ ९१ अर्ब १४ करोड रूपैयाँको वस्तु निर्यात भएको छ।

वैदेशिक व्यापारमा कमी आएपछि सरकारले उठाउने राजस्वमा पनि कमी आएको छ। विदेशी मुद्राको सञ्चितिमा परेको चापको कारण सरकारले केही वस्तुमा लगाएको प्रतिबन्ध गत मंसिरबाट घटाए पनि आयात धेरै बढेको छ।

वैदेशिक व्यापारमा कमी आएपछि भन्सारमा आधारित राजस्व संकलन पनि करिब तीन अर्ब रूपैयाँले घटेको छ। पोहोरको १० महिनामा आयातमा आधारित भन्सार विन्दुमा उठ्ने राजस्व ४ खर्ब ५ अर्ब संकलन भएकोमा यो १० महिनामा ३ खर्ब ८ अर्ब रूपैयाँ मात्र संकलन भएको छ। नेपालबाट जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलैंचा, चिया, सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात हुने गरेको छ।

मुलुकको व्यापार घाटा साउनदेखि वैशाखसम्म १२ खर्ब ४ अर्ब पुगेको छ। पोहोरको तुलनामा व्यापार घाटा भने घटेको छ।

पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पञ्ज आइरन, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढ्दा सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एमएस विलेट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्ट्स, कृषि तथा पशुजन्य लगायतका वस्तु ठूलो परिणाममा आयात हुने गरेको छ।

स्वदेशमा औद्योगिक तथा कृषिजन्य वस्तु उत्पादन वृद्धि नहुँदा नेपालले एक सय बढी मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ। भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स, अमेरिका, क्यानाडालगायत मुलुकसँग धेरै घाटा रहेको छ। सरकारले मुलुकमा औद्योगिकीकरण गरेर उत्पादन बढाउने बताइरहँदा मुलुकको व्यापार घाटा अपेक्षित रूपमा घट्न सकेको छैन। स्वदेशमा उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात गर्दा व्यापार घाटा भएको हो।

स्वदेशमा औद्योगिक तथा कृषिजन्य वस्तु उत्पादन वृद्धि नहुँदा नेपालले एक सय बढी मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ।

उद्योगधन्दाका लागि कच्चा पदार्थ, पेट्रोलियम पदार्थ लगायत सामग्री आयात हुन स्वाभाविक भए पनि यहाँ किसानले फलाउन सक्ने तरकारी, फलफूल, खाद्यान्न लगायत वस्तुमा पनि विदेशीको भर पर्नुपर्ने अवस्था चिन्ताजनक छ।

प्रकाशित: ८ जेष्ठ २०८० ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App