७ वैशाख २०८१ शुक्रबार
अर्थ

एभरेष्ट बैक ठगी प्रकरण: प्रहरीको प्रारम्भिक अनुन्धानमै ठगी गरेको स्वीकार

वचतकर्ताले बैंकमा राखेको रकम ठगी गरेको आरोपमा एभरेष्ट बैकका सात जना कर्मचारीहरुको प्रहरीले बयान थालेको छ। एक करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका इटहरी शाखामा कार्यरत रहदाका कर्मचारी निरज प्रधानसहितको बयान लिन थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रधान पछिल्लो समय उदयपपुरको गाइघाट शाखाका अप्रेसन इञ्चार्जको रुपमा कार्यरत रहेका थिए। बचतकर्ताको पैसा ठगी प्रकरणमा इटहरी शाखाका प्रबन्धक ४२ वर्षे विश्वराज शाक्य, सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित र बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवालको अनुसन्धान चलिरहेको छ। यस्तै, बैकका कर्मचारी बाहेक धनुषाको मिथिला नगरपालिका ११ का ३४ वर्षीय शंकर भुजेल र भक्तपुरको सुर्यविनायक नगरपालिका २ का २७ वर्षीय अजय खिउजू पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार अहिलेसम्मको प्रारम्भिक अनुसन्धानमा ठगीमा संलग्न भएको प्रधानले स्वीकार गरि सकेका छन्। ‘सात जना बैकको कर्मचारी र अन्यदुई सर्वसाधारणलाई पक्राउ गरि अनुसन्धान गर्दा अहिलेसम्म मुख्य संलग्न भएका निरज प्रधानले स्वीकार गरि सकेको र अरु छ जना संकास्पदहरुको बयान जारी छ,’ उनले भने, ‘अहिले पक्राउ परेका भन्दा अरुलाई अहिलेसम्म शंकाको दायरामा राखिएको छैन्।’मुख्य नाइके प्रधानले आफ्नो संलग्नता स्वीकार गरेता पनि अन्य छ जनाको संलग्नता बयान चलिरहेको र अनुसन्धान पुरा नभएकाले गर्दा यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो।

ग्राहकको कनेक्ट आइपिएसको आइडी पासवर्ड चोरी गरी र नक्कली चेक बनाएर रकमझिकेको खुलेको छ। पक्राउ गरिएका सबैलाई बैकिङ् कसुर र संगठीत अपराध निवारण ऐन २०७० अन्तर्गत मुद्दा दायर गरि अनुसन्धान भइरहेको छ।  

प्रकाशित: ७ जेष्ठ २०८० १३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App