१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

खाद्यको चामल अर्काे बोरामा हालेर बिक्री गर्नेलाई जरिवाना

नेपालगञ्जस्थित एक राइस (चालम) मिलले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल अर्काे बोरामा हालेर बिक्रीवितरण गरिरहेको फेला परेको छ।

नेपालगञ्ज खजुरारोडमा रहेको प्रमोद राइस मिल प्रालिको गोदाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको अरूवा मोटा चामलको बोरा खन्याएर अर्काे बोरामा हाल्दै गरेको फेला परेको हो।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गर्ने क्रममा उक्त राइस मिलले उपभोक्ता हित संरक्षण ऐन २०७५ को बर्खिलाप हुने गरी एउटा ब्राण्डको चामललाई अर्काे बोरामा हालेर बेचिरहेको फेला पारेपछि दुई लाख रूपैयाँ तत्काल जरिवाना गराएको छ। मिलमा गाडीबाट अनलोड भइरहेको अवस्थामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अरूवा ब्राण्डका २५ केजीका दुई सय ५० बोरा चामल पनि फेला परेको थियो।

प्रकाशित: ७ जेष्ठ २०८० ०२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App