५ वैशाख २०८१ बुधबार
अर्थ

खनिज इन्धनमा लगानी बन्द गर्न जापानसँग माग

खनिज इन्धनमा गरिने लगानी बन्द गर्न जापान सरकार र जी-७ समूहसँग माग गर्दै वातावरण तथा जलवायु अभियान्ताहरूले बिहीबार काठमाडौस्थित जापानी राजदूतावासअगाडि प्रदर्शन गरेका छन्।

मे १९ देखि २१ सम्म जापानको हिरोसिमामा जी–७ समूहको शिखर सम्मेलन आयोजना हुन लागेको पृष्ठभूमिमा नेपालका वातावरण तथा जलवायु अभियान्ताहरूले जी-७ समूह र जापानले यस प्रकारको लगानी बन्द गर्नुपर्ने माग गरेका हुन्। प्रदर्शनकारीले ‘सत प्रतिशत नवीकरणीय ऊर्जा, अबको बाटो’, ‘डन्ट ग्यास एसिया’, ‘स्टप फन्डिङ क्लाइमेट क्राइसिस’ लेखेका प्लेकार्ड बोकेका थिए।

आयल चेन्ज इन्टरनेसनलले गरेको एक अध्ययनअनुसार, जापानले २०१९ देखि २०२१ सम्म खनिज इन्धन परियोजनाहरूमा वार्षिक १०.६ अर्ब अमेरिकी डलर बराबरको वित्त लगानी गरेको छ।

खनिज इन्धनमा गरिने लगानी बन्द गर्न जापान सरकार र जी-७ समूहसँग माग गर्दै वातावरण तथा जलवायु अभियान्ताहरूले बिहीबार काठमाडौस्थित जापानी राजदूतावासअगाडि प्रदर्शन गरेका छन्।

  यसैगरी जापानले गत वर्ष सम्पन्न जी-७ सम्मेलनमा सन् २०२२ को अन्तसम्ममा खनिज इन्धनको वित्त पोषण अन्त्य गर्ने घोषण गरेकोमा सो प्रतिबद्धताको कार्यान्वयन नगरेको अभियान्ताको भनाइ छ।

यसैगरी गत अप्रिलमा भएको जी ७ समुहका जलवायु, ऊर्जा र वातावरण मन्त्रीहरूको बैठकमा, मन्त्रीहरूले जलवायुसम्बन्धी पेरिस सम्झौताका लक्ष्यहरू हासिल गर्न प्रतिबद्धता व्यक्त गरेका थिए। वैठकमा सौर्य तथा वायु ऊर्जालाई प्राथमिकत दिने सहमति भएको थियो। अभियान्ताहरूले प्रतिबद्धता अनुरूप काम नभएको भन्दै यी समूहलाई जलवायु परिवर्तनको संकट समाधानमा गम्भीर हुन आग्रह गरेका छन्।

प्रकाशित: ५ जेष्ठ २०८० ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App