१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जब्दीघाटमा १० दिनभित्रै नयाँ पुलको टेण्डर खुल्ने

अनसन तोडन् सांसद गौतमलाई पूर्वाधार मन्त्रीको आग्रह

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सांसद सञ्जय गौतमलाई अनशन तोड्न अनुरोध गरेका छन्।

बर्दिया क्षेत्र नम्बर १ का सांसद गौतमले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल भत्किएर जीर्ण हुँदा पनि मर्मतसम्भार र अन्य काम नभएको भन्दै गत शनिबारदेखि आमरण अनसन बस्दै आइरहेका छन्।

सत्तापक्षकै सांसद आमरण अनसन बसेसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १० दिनभित्रै भत्किएको जब्दीघाट पुल नजिकै अर्काे नयाँ पुल निर्माणको आवश्यक प्रक्रिया अघि बढाउने भएको छ। मन्त्री ज्वालाले बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर भत्किएको पुल नजिकै अर्काे नयाँ पुलको १० दिनभित्रै बोलपत्र आह्वान गर्ने बताएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सांसद सञ्जय गौतमलाई अनशन तोड्न अनुरोध गरेका छन्।

‘जब्दीघाट पुलको ठेक्का भयो। ठेकेदार कम्पनीले पुल पनि निर्माण ग¥यो तर उद्घाटन नहुँदै पुल भत्कियो,’ मन्त्री ज्वालाले भने ‘हामीले ठेकेदार कम्पनीसँग ठेक्का तोडिसकेका छौं।  

हामीले क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाएका थियौं तर अहिले त्यो पुलको विवाद अदालतसम्म पुगेको छ। त्यसैले भत्किएको विवादास्पद पुललाई थाँती राखेरसोही पुलको २ सयदेखि ६ सय मिटर आसपासमा नयाँ पुल निर्माणको प्रक्रिया अघि बढाएका छौं।

त्यसैले पनि आमरण अनशनमा बसेका सांसद गौतमलाई तुरुन्त अनशन तोड्न अनुरोध गर्दछु।’ जब्दीघाटको पुल पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको थियो। सो पुल निर्माण सम्पन्न भएर उद्घाटन अगावै भत्किएको थियो।

गत वर्षातमा आएको बाढीको कारणले पुलको अन्य स्पान पनि डुबानमा परेको थियो। भौतिक पूर्वाधार मन्त्रालयले भत्किएको पुलको केही संरचना हटाउने कार्य भइरहेको जनाएको छ। सोही पुलकै कारणले डुबान तथा वस्ती कटान गर्ने भन्दै पुलको क्षतिग्रस्त संरचना हटाउन लागिएको हो।  

मन्त्रालयका सहसचिव अर्जुनजंग थापाले पुलको पाइल निर्माणको क्रममा क्रंकिटको संरचनामा माटो मिसिएकाले पुल भत्किएको बताए।

गत वर्षातमा आएको बाढीको कारणले पुलको अन्य स्पान पनि डुबानमा परेको थियो। भौतिक पूर्वाधार मन्त्रालयले भत्किएको पुलको केही संरचना हटाउने कार्य भइरहेको जनाएको छ।

‘पुल क्षतिग्रस्त भएपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसको विज्ञ समितिले अनुसन्धान गर्दा १६ मिटर कक्रिंटको पाइलमा कतै कंक्रिट र माटो मिसिएकाले नै पुल भासिएको देखायो,’ उनले भने, ‘ठेकेदार कम्पनीको लापारबाहीकै कारणले कंक्रिटमा माटो मिसिँदा भत्किएको देखायो।’

पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुलको लम्बाइ ४ सय ३५ मिटर रहेको थियो। सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले जनप्रतिनिधि र स्थानीयसँग छलफल गरेर अहिले भत्किएको पुलभन्दा करिब ६ सय मिटरको दूरीमा नयाँ पुल निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको बताए।

‘जनप्रतिनिधिसहितका स्थानीयसँगको छलफल पछि नयाँ पुल बनाउन आवश्यक प्रक्रिया अघि बढाउने सहमति भइसकेको छ,’ उनले भने, ‘१० दिनभित्रै इपिसी मोडलमा निर्माण गर्ने गरी पुलको टेण्डर आह्वान गर्नेछौं।’ नयाँ बन्ने पुल करिब ४ सय मिटरको लम्बाइ रहनेछ।

पुल २०७४ सालमा भत्किएको थियो। भत्किएर जीर्ण अवस्थामा रहेको पुलबाट सर्वसाधारणले जोखिमपूर्ण आवागमन गरिरहेका थिए तर गत वर्ष बबई नदीमा आएको बाढीले पुलको स्पाम भत्काउँदा आवतजावत नै ठप्प भएको छ। 

प्रकाशित: ४ जेष्ठ २०८० ०३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App