७ वैशाख २०८१ शुक्रबार
अर्थ

सात प्रदेशमा बागमतीको आर्थिक वृद्धि दर सबैभन्दा न्यून

सात प्रदेशमा सबैभन्दा न्यून आर्थिक वृद्धिदर बागमती प्रदेशको रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा उपभोक्ता मूल्यको आधारमा १.८६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ। उपभोक्ता मूल्यको आधारमा बाग्मती प्रदेशको आर्थिक वृद्धिदर १.४ प्रतिशत मात्रै रहेको छ।

बागमतीको आर्थिक वृद्धि राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादनको भन्दा पनि न्यून हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलबार आव २०७९/८० को प्रादेशिक गार्हस्थ उत्पादन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै बाग्मती प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय स्तरको भन्दा ०.४६ प्रतिशतले कम हुने आकलन गरेको छ।

सात प्रदेशमा सबैभन्दा न्यून आर्थिक वृद्धिदर बागमती प्रदेशको रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७९/८० मा उपभोक्ता मूल्यको आधारमा १.८६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ।

चालु आर्थिक वर्षमा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रु.५३ खर्ब ८१ अर्ब हुने अनुमान गरिएको छ। त्यसमा बागमती प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ता मूल्यको आधारमा १९ खर्ब ८१ अर्ब हुने अनुमान छ।

कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको योगदान भने ३६.८ प्रतिशत रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालु आर्थिक वर्षमा राष्ट्रिय स्तरको आर्थिक वृद्धिदर भन्दा बाग्मती प्रदेशको कम हुने अनुमान गरिएको बताए।

‘बाग्मती प्रदेशमा थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी छ। चालु आर्थिक वर्षमा यो क्षेत्रमा संकुचन आएकाले पनि बाग्मती प्रदेशको आर्थिक वृद्धिदर कम भएको हो,’ उनले भने, ‘बाग्मती प्रदेशका धेरै सूचक ऋणात्मक भएकाले पनि आर्थिक वृद्धिदर न्यून हुने अनुमान गरिएको हो।’

कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको योगदान भने ३६.८ प्रतिशत रहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालु आर्थिक वर्षमा राष्ट्रिय स्तरको आर्थिक वृद्धिदर भन्दा बाग्मती प्रदेशको कम हुने अनुमान गरिएको बताए।

राष्ट्रिय स्तरको कुल गार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको ४.१ प्रतिशत मात्रै योगदान रहने अनुमान छ। कर्णाली प्रदेशका उपभोक्ताको मूल्यमा करिब रु.२ खर्ब २१ अर्बको हाराहारी मात्र हुने अनुमान छ। बागमती प्रदेशपछि कुल गार्हस्थ्य उत्पादनमा बढी योगदान पुयाउने प्रदेशहरूमा क्रमशः कोसी, लुम्बिनी, मधेस, गण्डकी र सुदूरपश्चिम पर्दछन्। कुल गार्हस्थ उत्पादनमा कोसी प्रदेशको योगदान १५.८ प्रतिशत रहने अनुमान छ।

यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रु. ८ खर्ब ४९ अर्ब हुने अनुमान छ। गत आ.व. मा कोसी प्रदेशको कुल गार्हस्थ उत्पादनको वृद्धि दर ५.४७ प्रतिशत थियो भने यो वर्ष संकुचन आएर २ प्रतिशतमा खुम्चिने भएको छ।

मधेश प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ७ खर्ब ७ अर्ब हुने अनुमान छ। मधेश प्रदेशले यस आ.व.मा समेत १३.१ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ। यसै गरी गत आ.व. मा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ४.६३ प्रतिशत थियो भने यस आ.व.मा संकुचन आई १.६९ प्रतिशत मात्रै कायम हुने अनुमान गरिएको छ।

लुम्बिनी प्रदेशमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ७ खर्ब ६२ अर्ब हुने अनुमान छ। गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १४.१% हिस्सा ओगटेको लुम्बिनी प्रदेशले यस आवमा १४.२ प्रतिशत योगदान पुर्याउने अनुमान छ।

मधेश प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ७ खर्ब ७ अर्ब हुनेअनुमान छ।

गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ५.०३ प्रतिशत थियो भने यस आ.व.मा संकुचन आई २.०६ प्रतिशत मात्र कायम रहने अनुमान गरिएको छ। कर्णाली प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रु. २ खर्ब २१ अर्ब हुने अनुमान छ।

लुम्बिनी प्रदेशमा यस प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ७ खर्ब ६२ अर्ब हुने अनुमान छ।

गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आ.व.मा समेत ४.१ प्रतिशत योगदान पुर्याउने अनुमान छ। यसैगरी गत आवमामा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ५.३२ प्रतिशत थियो भने यो आवमा संकुचन आएर १.९१ प्रतिशत कायम रहने अनुमान छ। सुदुरपश्चिम प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रु. ३ खर्ब ७६ अर्ब हुने अनुमान छ।

गत आवमा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ४.१ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आ.व.मा समेत ४.१ प्रतिशत योगदान पुर्याउने अनुमान छ।

गत आ.व.मा राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ७ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले यस आवमा समेत ७ प्रतिशत योगदान पुर्याउने अनुमान गरिएको छ। यसै गरी गत आवमा कुल गार्हस्थ उत्पादनको वृद्धि दर ४.७८ प्रतिशत थियो भने यो आवमा संकुचन आएर १.७८ प्रतिशत कायम भएको छ।

प्रकाशित: ३ जेष्ठ २०८० ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App