३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

जंगली कच्चा पदार्थलाई आयसँग जोड्दै व्यास नगरपालिका

आठ महिने काखे बच्चा च्यापेर सीप सिक्नमा व्यस्त छिन् तनहुँको व्यास नगरपालिका-१३ का मेनुका आले। आफूमा सीप भए आयस्तर बढाउन सजिलो हुन्छ भनेर काखे बच्चा च्यापेर नै सीप सिक्दै गरेको उनले बताइन्।

‘एक महिनाको प्रशिक्षण वडा दिनेभन्दा सिक्ने समय लामो भयो भनेर बच्चा छोडेर जाँदा गाह्रो हुन्छ भन्ने लागेको थियो, सिक्दै जाँदा आम्दानीसँग सीधा जोडिंदा आकर्षित गर्‍यो’, उनले भनिन्, ‘कहिले आफैंले च्यापेर सिक्न आउने त कहिले घरमा छाडेर आउने गरेको छु, सीप सिक्न न त उमेरले छेक्ने न त अन्य कुनै चिजले।’

बच्चा सानो भए पनि सीप सिकें, अब यसलाई निरन्तरता दिएर आय बढाउने सोच बनाएको उनको भनाइ छ।

‘वन-जंगलमा खेर जाने वस्तुबाट हामीले आम्दानी गर्न सक्ने रहेछौं तर हामी घाँसबाहेक केही होइन भन्दै बसिरहेका रहेछौं, हामीले कमाउने वस्तुहरू कुहिएर जाने रहेछन्, अब यसलाई ल्याएर आम्दानीको स्रोत बढाउने प्रयासमा हुनेछौं, सिकेको सीपलाई निरन्तरता दिएर आम्दानी बढाउने हो’, उनले भनिन्।

‘हामीले वातावरणमा जलवायुमा प्रदूषण फैलिएको भन्ने सुनेका छौं, यसलाई सहयोग पुग्छ भनेर थाहा पाएका छौं, जंगली कच्चा पदार्थले प्रदूषण हुन पनि दिंदैन, यसको प्रयोगलाई बढाउने र हाम्रो पनि दायित्व हो वातावरण सफा बनाउने भनेर बझ्यौं, यसले अझ आकर्षित गरेको छ’, उनले भनिन्।

त्यस्तै अस्मिता परियार पनि नौ महिने काखे बच्चा च्यापेर नै सीप सिकेर आर्थिक उन्नतिमा जोडिने प्रयासमा छिन्। केहीबेर सुतिहाल्छन् त्यो बेला सुतेको बखत सिक्न सजिलो हुने उनले बताइन्।

आठ महिने काखे बच्चा च्यापेर सीप सिक्नमा व्यस्त छिन् तनहुँको व्यास नगरपालिका-१३ का मेनुका आले। आफूमा सीप भए आयस्तर बढाउन सजिलो हुन्छ भनेर काखे बच्चा च्यापेर नै सीप सिक्दै गरेको उनले बताइन्।

‘घरमा कुरा गरेर खेर गएको समय उपयोग गर्न पाइने भएपछि सीप सिक्न आएको हो, बच्चाको पढ्ने बेलामा आफैंले आम्दानी गर्न सक्छु र खर्चको जोहो गर्ने सोच बनाएको छु’, उनले भनिन्।

त्यस्तै सुनिता परियार पनि १६ महिने काखे बच्चा च्यापेरै सीप सिक्न लागिपरेकी छन्। यो सीप सिकेपछि आफैंले बजार खोज्नुपर्ने बाध्यता नहुँदा काम सिक्न पनि जाँगर आएको उनले बताइन्।

‘वडाध्यक्षज्यूले हामीले बनाएका सामनको माग भइरहेको बताउनुभएको छ, धेरै ठाउँमा हामीले बनाएका सामान पुग्छ भन्नुहुन्छ, सिक्दैमा पनि आम्दानी हुन्छ भन्नुभयो, अब हामीले बनाएका सामान पठाउने भन्नुभएको छ, अनि त्यो त हामीलाई आम्दानी भयो नि’, सुनिताले भनिन्।

त्यस्तै सुनिता परियार पनि १६ महिने काखे बच्चा च्यापेरै सीप सिक्न लागिपरेकी छन्। यो सीप सिकेपछि आफैंले बजार खोज्नुपर्ने बाध्यता नहुँदा काम सिक्न पनि जाँगर आएको उनले बताइन्।

व्यास नगरपालिका-१३ वडा कार्यालयको आयोजना र ओम राजश्री एग्रो प्रालिको प्राविधिक सहयोगमा ‘स्थानीय स्रोत र साधन, रोजगारी सिर्जनाको प्रमुख आधार’ भन्ने नाराका साथ महिलालाई प्राकृतिक रेसाजन्य वनस्पती थाकलबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गर्ने प्रशिक्षण दिएको छ। जसले महिलालाई उत्साहित पनि बनाएको छ। तीस दिने प्रशिक्षणले महिलालाई आत्मनिर्भरतातर्फ अगाडि बढाउने उद्देश्यले प्रशिक्षण दिएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताए।

वनजंगलमा कुहिएर खेर जाने कच्चा पदार्थको उपयोग हुनुका साथै महिलालाई आम्दानीसँग जोड्ने प्रयासमा रहेको उनले बताए।

‘विशेष गरी महिलाले निर्माण गरेका वस्तुको माग मुलुकका विभिन्न स्थानबाट माग भइरहेको छ तर हामीले वैदेशिक मुद्रा आयात गर्ने हिसाबले विदेश निर्यातलाई जोड्ने छौं’, वडाध्यक्ष आलेले भने, ‘विश्वका अधिकांश देश आर्थिक संकटमा पुगेको छ, यस्ता प्राकृतिक वस्तुको बिक्री वितरणले देश तथा वडामा विदेशी मुद्रा आयातमा जोड दिएका छौं, युवाले सोचेर गरेका कामले नै आर्थिक समृद्धि सम्भव छ र गर्नुपर्छ।’

यहाँ उत्पादन भएका सामग्री थाकलबाट बनेका टोपा र झोलाको पोखरा, काठमाडौं,तराई क्षेत्र लगायतका पर्यटकीय स्थानबाट माग गरिरहेका उनले बताए।

प्राथमिकता विदेशलाई दिए पनि उत्पादनलाई बढाउन सके स्वदेशका बजारमा पनि यहाँका सामग्री पुर्‍याउने जमर्कोमा जुटेका उनले बताए।

नगर प्रमुख वैकुण्ठ न्यौपानेले आर्थिक संकटको व्यवस्थापन र पूर्तिलाई सहज बनाउन नगरपालिकाका वडामा खेर जाने कच्चा पदार्थको प्रयोगबाट उत्पादन वृद्धि गरी आर्थिक सञ्चितिमा जोड दिएको बताए।

व्यास नगरपालिका–१३ वडा कार्यालयको आयोजना र ओम राजश्री एग्रो प्रालिको प्राविधिक सहयोगमा ‘स्थानीय स्रोत र साधन, रोजगारी सिर्जनाको प्रमुख आधार’ भन्ने नाराका साथ महिलालाई प्राकृतिक रेसाजन्य वनस्पती थाकलबाट हस्तकलाका विभिन्न सामग्री उत्पादन गर्ने प्रशिक्षण दिएको छ।

‘यसले नगरपालिकाभित्र विदेशी मुद्रा आयात गर्छ, प्रथम तः सीप उपयोग गर्ने महिला आर्थिक समृद्ध हुन्छन्, त्यसपछि वडा हुँदै नगरपालिका र देश नै आर्थिक समृद्धितर्फ जानेछ, यस्ता वस्तुको उत्पादनमा जोड दिनु आवश्यक ठानेर यो प्रशिक्षण दिने सम्झौता गरेका हौं, युवा महिलाको आकर्षणले पनि थप ऊर्जा मिलेको छ’, नगर प्रमुख न्यौपाने भने।

‘बजारीकरणको अभाव हुनेमा कुनै संकोच मान्नु पर्दैन, उत्पादन तपाई गर्नुस् यसको बजारीकरणमा हाम्रो समन्वय रहनेछ’, उनले भने, ‘यो प्रशिक्षणले महिलालाई उद्यमशीलतातर्फ उन्मुख बनाउनेछ, यो सीपले विदेशबाट आयातित कच्चा पदार्थ नभई स्थानीय स्तरका कच्चा पदार्थको उपयोग गरी वातावरणमैत्री बनाउन सहयोग पुगेको छ।’

व्यास नगरपालिकाले ५ र १३ नम्बर वडामा स्थानीय कच्चा पदार्थ प्रयोगबाट उत्पादन गर्ने प्रशिक्षण दिएर आर्थिक स्तर वृद्धिमा जोडिएका उनले बताए।

नगर प्रमुख न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा व्यासका अन्य वडामा पनि यस्ता प्रशिक्षण दिएर उत्पादन वृद्धि र विदेशी मुद्रा सिञ्चितिमा अगाडि बढ्ने योजना रहेको छ। वडामा हुने कच्चा पदार्थको उत्पादन अनुसार प्राथमिकता दिएर प्रशिक्षण दिई उद्यमशीलतातर्फ जोड्ने र आर्थिक वृद्धि गर्ने प्रयासमा लागिपरेको उनले बताए।

नगर उपप्रमुख इन्दिरा दरैले ५० प्रतिशत महिलालाई अधिकार प्राप्त भएको अवस्थामा आर्थिक समृद्धितर्फ अग्रसर हुन आवश्यक रहेको बताइन्।

‘महिलाबाट नै आर्थिक सशक्तीकरण जागरण गरी आर्थिक उन्नति गर्नुपर्ने उपप्रमुख दरैले भनिन्, ‘जिम्मेवारी हाम्रो पनि छ भनेर सीपको उपयोग गरी आयस्तर वृद्धि गर्नुपर्छ।’

ओम राजश्री एग्रो प्रालिका सञ्चालक युवराज गैरेले महिला सशक्तीकरणका कार्यक्रम गरिए पनि आर्थिक सशक्तीकरणमा महिलालाई जोड्नबाट चुकेको बताए।

महिलाबाट नै आर्थिक सशक्तीकरण हुन सके आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भनेर पाँच वर्षदेखि स्थानीय स्तरमा पाइने कच्चा पदार्थको सामग्री उत्पादन र विदेशमा निर्यात गर्दै आएको उनले बताए।

नगर प्रमुख न्यौपानेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा व्यासका अन्य वडामा पनि यस्ता प्रशिक्षण दिएर उत्पादन वृद्धि र विदेशी मुद्रा सिञ्चितिमा अगाडि बढ्ने योजना रहेको छ।

‘स्थानीय कच्चा पदार्थबाट सामग्री उत्पादन हुन्छ, जसले गर्दा कच्चा पदार्थमा लगानी गर्नु पर्दैन, जंगलमा खेर गएका कच्चा पदार्थ उपयोग हुन्छ, आयातित कच्चा पदार्थ होइन, स्थानीय स्तरका थाकल, मकैको खोस्टा, गहुँको छ्वाली, बाँसको प्रयोगबाट प्रशिक्षण र स्रोतको पनि उपयोग गर्ने गरी सिकाइ आवश्यक भएकाले प्रशिक्षण दिंदै आएका छौं, कम लगानीमा उत्पादन गरी विदेशी मुद्रा आर्जन गर्नुपर्छ, त्यसको समन्वय गरिरहनेछु’, गैह्रेले भने।

कच्चा पदार्थ सहज रूपमा पाइने, कच्चा पदार्थ संकलन गर्ने, प्रतिक्विन्टल २० हजार रुपैयाँमा बिक्री वितरण गर्न सकिने उनले बताए। उद्यमीलाई सहज बनाउने उद्देश्यले तनहुँमा नै संकलन केन्द्र स्थापना गर्ने योजना बनाइएको उनले बताए।

ओम राजश्री एग्रो प्रालिका सञ्चालक युवराज गैरेले महिला सशक्तीकरणका कार्यक्रम गरिए पनि आर्थिक सशक्तीकरणमा महिलालाई जोड्नबाट चुकेको बताए।

स्थानीय स्तरमा रहेका स्रोत र साधनको अधिकतम उपयोग गरी संकटग्रस्त आर्थिक अवस्थामा उद्यमशीलतातर्फ उन्मुख हुनुपर्नेमा उहाँको जोड थियो। प्रशस्त वनजंगलमा रहेका कच्चा पदार्थको उपयोग हुनेछ।

व्यासमा उत्पादित वस्तु थाकलबाट बनेका टोपा, झोला, पेपल, गमला, फूलदानी, ढकिया, ट्रे लगायतका सामग्री बनाउन सकिन्छ। यस्ता सामग्री निर्माणले जंगलमा खेर गएका कच्चा पदार्थको मूल्य र व्यवसाय नै हुने भएको छ।

थाकल, मकैको खोस्टा, गहुँको छ्वाली, बाँसबाट निर्माण गरिएका पेपल, गमला, फूलदानी, ढकिया, ट्रे लगायतका सजावटका सामग्री अहिले स्थानीय बजारभन्दा पनि बढी अन्तर्राष्ट्रिय बजारमा माग बढी रहेको छ।

व्यासमा उत्पादित वस्तु थाकलबाट बनेका टोपा, झोला, पेपल, गमला, फूलदानी, ढकिया, ट्रे लगायतका सामग्री बनाउन सकिन्छ। यस्ता सामग्री निर्माणले जंगलमा खेर गएका कच्चा पदार्थको मूल्य र व्यवसाय नै हुने भएको छ।

यहाँ उत्पादित वस्तु जापान, युएई (दुवाई), ट्युनिसिया लगायत नेपालका पर्यटकीयस्थलबाट माग हुने गरेको छ। यस्ता वस्तु उत्पादन र विदेश निर्यात गर्नसके विदेशी मुद्रा आयतमा वृद्धि हुने अपेक्षा वडा र नगरपालिकाले लिएको छ। वडामा उत्पादित सामग्रीको प्रवर्द्धनमा पनि वडा र नगरपालिकाले महत्वपूर्ण र अर्थपूर्ण भूमिका रहेको छ।  

प्रकाशित: १ जेष्ठ २०८० ०५:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App