७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

इडब्लुबीको कार्यक्रममा नबिल बैंकको सहयोग

नबिल बैंकले इन्जिनियर्स विदउट बोर्डस (इडब्लुबी) नेपालले कीर्तिपुरको पाँगा माविका विद्यार्थीहरुका लागि गरेको अभिमुखिकरमा सहयोग गरेको छ।

चार दिनसम्म सञ्चालन भएको अभिमुखिकरणमा नबिल बैंकले सामाजिक उतरदायित्व अन्तर्गत सहयोग गरेको हो।

अभिमुखिकर कार्यक्रममा कक्षा ९ का ३० जना विद्यार्थीहरुको सहभागीता थियो। सहभागी विद्यार्थीहरुलाई ४ समूहमा विभाजन गरी समस्याको पहिचान,समस्याको समाधान,नयाँ सोच विकास,सोचलाई उत्पनदनमा परिणत र बजारीकरण गर्ने बिषयमा छलफल गरिएको थियो।

कार्यक्रमको अन्तिममा विद्यार्थीहरुले आफूहरुले गरेको नविनतम उत्पादनसहित आफ्ना व्यवसायीक योजनाहरु प्रस्तुत गरेका थिए।

नबिल बैंकका सिएसआर प्रमुख रोशनी चन्दले नयाँ सोचका लागि कुनै पनि घेराबन्दी हुन नहुँने बताइन्। अवसर र वातावरण दिए कुनै पनि विद्यार्थीहरुले आफ्नो सोचलाई सार्थक बनाउन सक्छन् भन्दै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई अवसर दिन यो कार्यक्रम गरेको बताइन्।

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीका अन्वेषण प्रमुख पूर्णिमा बज्राचार्यले इडब्लुबीले नेपालले कार्यक्रमलाई अझ फराकिलो बनाउन चाहे आफूहरु सहयात्रा गर्न तयार रहेको बताइन्।

इडब्लुबी नेपालका अध्यक्ष कपिलदेव रेग्मीले राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरुसंग साझेदार गर्दै परिणात्मक र गुणात्मक प्रयासहरु विस्तार गर्न संगठनको भूमिकामा जोड दिए।  

प्रकाशित: २९ वैशाख २०८० ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App