२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मौलाकालीका केवलकारको टिकटमा छुट

ग्लोबल आइएमई बैंकले नवलपुर जिल्लाको गैँडाकोटमा रहेको मौलाकालीका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत बैंकको मोबाइल एप्लिकेसन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्युआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजीसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजना अन्तर्गत मौलाकालीका केवलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रूपैयाँसम्म छुटको लागि योग्य हुने बताएको छ।

बैंकले ग्लोबल स्मार्ट प्लस र क्युआरमार्फत गरिने भुक्तानी प्रक्रियालाई प्रवद्र्धन गर्न यो योजना सार्वजनिक गरेको उल्लेख गर्दै यो सुविधा सीमित अवधिको लागि मात्र रहने जनाएको छ।

प्रकाशित: १७ वैशाख २०८० ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App