ठुला विकासका पूर्वाधार निर्माणको सुरुवातसँगै कोसी प्रदेशमा समृद्धिको ढोका खुल्दै गएको छ। सडक, जलविद्युत्, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रका ठुला पूर्वाधारको काम धमाधम अघि बढ्दै गर्दा कोसी प्रदेशमा विकासको लहर देखिन थालेको छ। जोगबनी–धरान ६ लेन सडक, जोगबनी–किमाथांका कोसी राजमार्ग, बथनाहा–कटहरी रेलमार्ग, काँकडभिट्टा–इनरुवा रेलमार्ग, मेचीपुलबाट नेपालतर्फ विस्तार थालिएको एसियन हाइवे, चुरेको फेदीबाट पूर्व–पश्चिमतर्फ अघि बढेको मदन भण्डारी राजमार्ग यस्तै पहाडी क्षेत्रका जिल्लाहरू जोड्ने गरी निर्माण भइरहेको मध्यपहाडी राजमार्गले कोसी प्रदेशमा सडकका ठुला पूर्वाधार निर्माणको काम आशालाग्दो गरी अघि बढ्दै गरेको छ।
नेपाल–भारत सिमाना जोगबनीदेखि नेपाल–चीन सिमाना किमाथांका जोड्ने सडक निर्माणको काम भइरहेको छ। यो सडक सञ्चालनमा आए चीन–भारत जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कोसी राजमार्ग स्थापित हुनेछ। यो मार्गबाट नेपाल हुँदै चीन र भारतको व्यापार सञ्चालनमा आए नेपालले ठुलो फाइदा लिन सक्ने आर्थिक क्षेत्रका विज्ञ प्राध्यापक डा. पिके झा बताउँछन्।
यो मार्ग कोसी प्रदेशको उद्योग, व्यापार, पर्यटन र समृद्धिका लागि कोसेढुंगा साबित हुने उनको भनाइ छ। झाले भने, ‘जोगबनी–किमाथांका मार्गबाट भारत–चीनबीच व्यापार सुरु भए विराटनगर व्यापारको ट्रान्जिट हुनेछ। यससँगै कोसी प्रदेशमा ठुलो संख्यामा पर्यटक आउने, उद्योगहरूले कच्चा पदार्थका लागि भारतसँग मात्रै भर पर्नुनपर्ने र चीनतर्फ पनि यहाँका उत्पादन निर्यातको बाटो खुल्नेछ।’
सडक, जलविद्युत्, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रका ठुला पूर्वाधारको काम धमाधम अघि बढ्दै गर्दा कोसी प्रदेशमा विकासको लहर देखिन थालेको छ।
यस्तै बथनाहा–कटहरी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगिसकेको छ। भारतको बथनाहादेखि मोरङको क टहरी जोड्ने रेल मार्गमध्ये बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी) सम्मको भाग निर्माण सम्पन्न भइसकेको छ। विराटनगरस्थित आइसिपीको रेल स्टेसनसम्म तत्कालै रेल सञ्चालन गर्न सकिने अवस्था छ। यो रेलमार्ग सञ्चालनमा आए यस क्षेत्रका उद्योगी व्यवसायीहरूले लामो समयदेखि भोग्दै आएको ढुवानीको समस्या समाधान हुनेछ।
भारत लगायत तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ हाल सडक मार्गबाटै सुनसरी–मोरङ औद्योगिक करिडोरमा ल्याउनुपर्ने बाध्यता छ। जसका कारण महँगो ढुवानी लागत बेहोर्न यहाँका उद्योगी व्यवसायी बाध्य छन्।
कच्चा पदार्थ आयात गर्दा महँगो ढुवानी लागतकै कारण कोसी प्रदेशका उद्योगहरूको प्रतिस्पर्धी क्षमता कमजोर भइरहेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल बताउँछन्।
जलमार्गपछि संसारमै दोस्रो सस्तो मार्ग रेलमार्ग भएकाले भारतको बथनाहादेखि विराटनगरको आइसिपीसम्म निर्माण सम्पन्न भइसकेको रेलमार्ग तत्काल सञ्चालनमा ल्याउन आफूहरूले सरकारसँग पहल गरिरहेको उनले बताए। रिजालले भने, ‘भारतको बथनाहादेखि विराटनगरको आइसिपीसम्म जोड्ने रेलमार्ग सञ्चालनमा ल्याउन हामीले सरकारसँग बारम्बार माग गर्दै आएका छौं।’
भारत लगायत तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ हाल सडक मार्गबाटै सुनसरी–मोरङ औद्योगिक करिडोरमा ल्याउनुपर्ने बाध्यता छ।
नेपाल सरकारसँग मात्रै नभई भारत सरकारसँग पनि आफूहरू रेलमार्ग सञ्चालनका लागि पहल गरेको रिजालले बताए। उनका अनुसार केही महिनापहिले विराटनगर आएका भारतीय राजदूतलाई समेत रेलमार्ग तत्काल सञ्चालनमा ल्याउन आग्रह गरिएको थियो।भारतीय राजदूतले आइसिपीसम्म निर्माण सम्पन्न भइसकेको रेलमार्ग नेपाललाई हस्तान्तरण गर्न तत्पर रहेको प्रतिक्रिया विराटनगरका उद्योगी व्यवसायीलाई दिएका थिए। रेलमार्ग यस क्षेत्रका उद्योग, व्यापारको विकासका लागि महŒवपूर्ण रहेको रिजालले बताए।
उनले भने, ‘रेलमार्गबाट सामान ढुवानी गर्दा लागत घट्ने भएकाले यस क्षेत्रका औद्योगिक उत्पादनहरूको प्रतिस्पर्धी क्षमता बढ्नेछ।’ यस्तै कोसी प्रदेशबाटै पूर्व–पश्चिम रेल मार्ग निर्माणको तयारी पनि गरिएको छ। यो रेल मार्गले कोसी प्रदेशका जिल्लाहरू झापा, मोरङ र सुनसरीको तराईका क्षेत्रहरूलाई छोएर जानेछ।
सडक, रेलसँगै कोसी प्रदेशमा जलविद्युत् क्षेत्रको विकास पनि द्रुत गतिमा अघि बढिरहेको छ। यहाँ ठुला जलविद्युत्का पूर्वाधार धमाधम निर्माण भइरहेका छन्। अरूण तेस्रो जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगिसकेको छ। कोसी प्रदेशको हालसम्म निर्माण भएकामध्येको सबैभन्दा ठुलो जलविद्युत् आयोजना भएकाले यो आयोजना निर्माणसँगै यस क्षेत्रमा विद्युत्का ठुला आयोजना निर्माणका लागि प्रोत्साहन हुने देखिएको छ।
भारतीय कम्पनीले निर्माण गरिरहेको९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै १ हजार ६१ मेगावाटको अपर अरूण र अरूण चौथोलगायत जलविद्युत् आयोजनाको काम पनि अघि बढाउने तयारी सुरु भइसकेको छ।
कोसी प्रदेशमा हाल विद्युत् उत्पादन ४१८ मेगावाट पुगेको छ भने १ हजार ६०० मेगावाटका निर्माणाधीन आयोजना छन्। विद्युत् विकास विभागको तथ्यांकअनुसार कोसी प्रदेशमा ३४ हजार २१५ मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको छ। कोसी प्रदेशमा निजी क्षेत्रबाट निर्माण भएको देशकै सबैभन्दा ठुलो ८६ मेगावाटको सोलु दुधकोसी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ।
सडक, रेलसँगै कोसी प्रदेशमा जलविद्युत् क्षेत्रको विकास पनि द्रुत गतिमा अघि बढिरहेको छ। यहाँ ठुला जलविद्युत्का पूर्वाधार धमाधम निर्माण भइरहेका छन्।
कोसी प्रदेशको जलविद्युत् क्षेत्रमा स्वदेशी लगानीकर्ता मात्रै नभई वैदेशिक लगानी पनि भित्रन थालेको छ। कोसी प्रदेशमा निर्माण सम्पन्न हुन लागेको ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजना भारत सरकारको लगानीमा निर्माण भइरहेको छ।
अरूण–४ पनि भारत सरकारकै लगानीमा निर्माण गर्न नेपाल र भारत सरकारबीच सम्झौता भइसकेको छ। यस्तै अपर अरूणमा भने विश्व बैंकले लगानी गर्ने भएको छ। ३० वर्ष पहिले नेपालको आन्तरिक विवादका कारण अरूण तेस्रोबाट हात झिकेपछि विश्व बैंकले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरेको थिएन। अपर अरूण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकले लगानी गर्ने भएपछि जलविद्युत्का ठुला आयोजनामा वैदेशिक लगानी पनि पर्याप्त भित्रिने अवस्था देखिएको छ।
अरूण–४ पनि भारत सरकारकै लगानीमा निर्माण गर्न नेपाल र भारत सरकारबीच सम्झौता भइसकेको छ। यस्तै अपर अरूणमा भने विश्व बैंकले लगानी गर्ने भएको छ।
धमाधम ठुला आयोजना अघि बढ्न थालेपछि जलविद्युत् क्षेत्र यस प्रदेशको समृद्धिका आधारका रूपमा देखिएको छ। कोसी प्रदेशमा निर्माणाधीन १ हजार ६०० मेगावाटका जलविद्युत् आयोजना सञ्चालनमा आए। यी आयोजनाबाट उत्पादित विद्युत् भारत, बंगलादेशलगायत देशहरूमा निर्यात गरेर पनि प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सकिनेछ।
यति मात्रै होइन, स्वदेशी उद्योगहरूलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराएर कोसी प्रदेशमा ठुला उद्योगहरू सञ्चालन गरी रोजगारी सिर्जना गर्न सकिने सम्भावना पनि छ। नेपालका उद्योगले विद्युत्मा सहुलियत पाए यहाँको उत्पादन सस्तो हुने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने उद्योगीहरू बताउँछन्।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोरा नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउन सकिने मुख्य सम्भावना भनेकै सस्तो बिजुली हो। ‘बिजुली सस्तो भए नेपाली उद्योगका उत्पादनको लागत घट्ने र भारतीय उद्योगका उत्पादनसँग पनि प्रतिस्पर्धा गर्न सक्नेछन्,’ बोहोराले भने। प्रदेश १ को अर्को सम्भावनाको क्षेत्र पर्यटन हो।
पर्यटन क्षेत्रको विकासका लागि तीनै तहका सरकारले प्रयास गरिरहेका छन्। धार्मिक पर्यटकीय क्षेत्रहरू पनि कोसी प्रदेशमा पर्याप्त सम्भावना छ। पौराणिक रूपमा निकै महŒव बोकेको बराह क्षेत्र यही प्रदेशमा पर्छ। भगवान् विष्णुले वराहको अवतार लिएर राक्षसहरूबाट पृथ्वीको रक्षा गरेको पौराणिक कथन छ। बराह क्षेत्रको पूर्वाधार विकास गरी प्रचारप्रसार गर्न सके विश्वभरका हिन्दुहरूको आकर्षणको केन्द्र बन्ने निश्चित छ। वराह क्षेत्रसँगैको चतरा धामको छुट्टै पौराणिक महŒव छ। यहाँ प्राचीन कालमा कौशिक ऋषिले तपस्या गरेको किंवदन्ती पाइन्छ।
भस्मासुरले खेदाउँदै ल्याउँदा महादेव लुकेको किंवदन्ती रहेको हलेसी महादेवको गुफा पनि यही प्रदेशमा छ। यस्तै धार्मिक रूपमा महत्वको पाथीभरा माताको मन्दिर, महाभारत कालमा अर्जुनले बाँण हानेर पानी निकालेको किंवदन्तीसँग जोडिएको अर्जुनधारा पनि यही प्रदेशमा पर्दछ।
पिण्डेश्वरी, दन्तकाली, किच्चक बध, विराटराजाको दरबारजस्ता पर्यटकीय स्थलहरू र सयौं शक्तिपीठ, मठमन्दिर, गुम्बाहरू यो प्रदेशमा छन्। प्राकृतिक रूपमा मनोरम स्थानहरू कोसी प्रदेशमा धेरै छन्। यति मात्रै होइन, पर्यटकीय दृष्टिले महत्व राख्ने तराईको उखरमाउलो गर्मीबाट केही मिनेटको यात्रामै चिसो ठाउँमा पुग्न सकिने भेडेटार, मनोरम चियाका बगानहरूले सजिएको इलामको कन्याम यही प्रदेशमा पर्छन्।
पर्यटन क्षेत्रको विकासका लागि तीनै तहका सरकारले प्रयास गरिरहेका छन्। धार्मिक पर्यटकीय क्षेत्रहरू पनि कोसी प्रदेशमा पर्याप्त सम्भावना छ।
कोसी प्रदेशमा विश्वको अग्लो शिखर सगरमाथादेखि नेपालको सबैभन्दा होचो स्थान झापाको केचनाकलसम्म पर्छ। कोसी प्रदेश सरकारले प्रकाशित गरेको पाश्र्वचित्रमा प्रदेशमा १३ वटा पर्यावरण अनुकूल पर्यटकीय गन्तव्य र १३ वटा ट्रेकिङ ट्रेल रहेको उल्लेख छ।
कोसी प्रदेशको धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास गर्ने र पर्यटकलाई आकर्षित गर्ने हो भने पर्यटनबाटै यस क्षेत्रको अर्थतन्त्रमा कायापलट गर्न सकिने सम्भावना रहेको छ।
यस्तै कोसी प्रदेशको अर्को ठुलो सम्भावना बोकेको क्षेत्र कृषि र उद्योग हो। कोसी प्रदेशमा ७ लाख ८३ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ। कोसी प्रदेशका पहाडी जिल्लाहरूमा पर्याप्त मात्रामा तरकारी, फलफूल र जडीबुटीको उत्पादन गर्न सकिने सम्भावना छ।
यी क्षेत्रमा उत्पादित कृषि उपजलाई सहज रूपमा बजारको पहुँचमा पु¥याउने र कृषि उपजमा आधारित प्रशोधन उद्योगहरूको विकास गर्ने हो भने यस क्षेत्रको कृषि उपजले बजार र मूल्य दुवै पाउने निश्चित छ। कृषि उपजमा आधारित ठुला उद्योगहरूको विकासले आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना पूरा गर्ने देखिन्छ। कोसी प्रदेशमा कृषिमा आधारित उद्योगहरू न्यून छन्। भएका उद्योगहरू पनि विदेशी कच्चा पदार्थमा आधारित धेरै छन्।
सडक, जलविद्युत्जस्ता क्षेत्रमा ठुला आयोजना सञ्चालन भइरहँदा कृषि, उद्योग र पर्यटनजस्ता क्षेत्रका ठुला आयोजनाहरूमा सार्वजनिक तथा निजी क्षेत्रको लगानी खुम्चिँदै जाँदा गाउँगाउँमा सडक र यातायातको सुविधा पुगेको छ। तर गाउँको उत्पादन सहरतिर आउनेभन्दा आयात गरिएका वस्तुहरू गाउँमा पुग्न थालेको छ। सडक र यातायातको पूर्वाधारले गाउँमा उत्पादन बढ्ने, रोजगारी सिर्जना हुनेभन्दा गाउँहरू परनिर्भर बन्दै गइरहेका छन्। आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना साकार पार्ने हो भने कृषि उद्योग र पर्यटनका ठुला आयोजनाहरू सञ्चालनमा ल्याउन जरुरी देखिएको छ।
यस्तै कोसी प्रदेशको अर्को ठुलो सम्भावना बोकेको क्षेत्र कृषि र उद्योग हो। कोसी प्रदेशमा ७ लाख ८३ हजार हेक्टर खेतीयोग्य जमिन रहेको छ।
कृषि उत्पादन बढाउने, कृषिमा आधारित ठुला उद्योगहरू सञ्चालनमा ल्याउने र पर्यटकीय स्थलहरूमा पर्यटकीय आकर्षणका ठुला पूर्वाधार निर्माण गर्ने हो भने स्थानीय स्तरमै ठुला संख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ। यति मात्रै हैन, कोसी प्रदेशमा निर्माण भइरहेका भौतिक पूर्वाधार र जलविद्युत्का क्षेत्रका ठुला पूर्वाधारले खोल्न थालेको समृद्धिको ढोकालाई दिगो बनाउन कृषि, उद्योग, पर्यटनको क्षेत्रमा पनि ठुला र महत्वाकांक्षी आयोजनाहरू सञ्चालनमा ल्याउन जरुरी देखिएको छ।
प्रकाशित: १७ वैशाख २०८० ०१:१९ आइतबार