coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

डिजिटल ठगी विरूद्धको अभियान सुरु हुँदै

आइटी प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायकहरूको बृहत् फुटसल कार्यक्रम यही वैशाख ९ गतेदेखि सुरु हुने भएको छ।

डिजिटल प्रणालीका सेवाप्रदायकहरू भेला हुने सो बृहत् कार्यक्रम मैत्रीपूर्ण प्रतिस्पर्धा ‘म सतर्क छु’ नामक डिजिटल ठगी विरूद्धको अभियान अन्तर्गतकै एउटा कार्यक्रम हो।

यस फुट-टेक फुटसल २०२३ प्रतियोगितामा देशका अग्रणी आइटी प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायक कम्पनीहरू एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। यस कार्यक्रमको उद्देश्य उद्योग व्यवसायीहरूबीच सहकार्य, सैहार्दता, तथा स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन गर्नु भएको आयोजकले जनाएका छन्।

फुटसल प्रतियोगिता १ महिना चल्ने र आगामी ४ सातामा यो प्रतियोगिताको फाइनल खेल खेलिने भएको छ।

यो प्रतियोगिता एउटा खेलकुद कार्यक्रम मात्र नभएर डिजिटल ठगी बिरुद्धको अभियान पनि हो। यो डिजिटल युगमा आफ्नो पहिचान तथा जानकारी सुरक्षित राख्‍न ‘म सतर्क छु’ भन्ने सन्देशसहितको अभ्यास पनि भएको आयोजकले जनाएका छन्।  

प्रकाशित: १० वैशाख २०८० ०२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App