६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

तीन जहाज खरिद गर्दै निगम

नेपाल वायुसेवा निगमले तीन साना जहाज खरिद गर्ने भएको छ। आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यले निगमले तीन वटा जहाज किन्न लागेको हो।

निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार दुर्गम क्षेत्रका जनताको माग सम्बोधन गर्न सो क्षेत्रमा उडान भर्न सक्ने जहाज खरिद गर्न लागेको उल्लेख गरेको छ। यथाशक्य छिटो जहाज खरिद कार्य सम्पन्न गर्न निगम सञ्चालक समितिले सञ्चालक समितिका सदस्य बरिष्ठ क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको जनाएको छ। उक्त उपसमितिले आफ्नो कार्य सुरु गरिसकेको जानकारी पनि निगमले दिएको छ।  

यी जहाजहरू निगमले आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रूपले निर्माता कम्पनीसँग खरिद गर्न लागेको विज्ञप्तिमा उल्लेख छ। निगमले नयाँजहाजहरू खरिद गरेपश्चात् नेपालमा दुर्गम क्षेत्रका अझै धेरै यात्रुहरूलाई सेवा प्रदान गर्न सकिने र यस कार्यले मुलुकको पर्यटन प्रबद्र्धन हुने, सन्तुलित हवाई भाडादर कायम हुने कुरामा निगम विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ वैशाख २०८० ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App