८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

पर्यटक आगमन बढे पनि व्यवसायी असन्तुष्ट

पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा नेपालमा हवाई माध्यमबाट भित्रिने विदेशी पाहुनाको संख्या ९९ हजार ४ सय २६ छ। कोरोना भाइरस संक्रमण सुरु भएपछि भित्रिएका झण्डै एक लाख विदेशी पाहुना आगमनको हिसाबले यो आकार सबैभन्दा बढी हो। कोभिड संक्रमण सुरु भएपछि (२०२० मार्च) नेपालमा यो महिनामा भित्रिएका पाहुनाको संख्या अहिलेसम्मकै बढी हो।

यसअघि २०२२ को अक्टोबरमा नेपालमा एकै महिनामा ८८ हजार ५ सय ८२ जना विदेशी पाहुना भित्रिएका थिए। पर्यटन बोर्डका अनुसार २०१९ को मार्चपछि नेपालमा यो मार्चमा सबैभन्दा बढी पाहुना भित्रिएका हुन्। २०१९ मार्चमा नेपालमा १ लाख २७ हजार ३५१ जना विदेशी पाहुना भित्रिएका थिए। २०१९ को अन्तिममा कोरोना भाइरस संक्रमणको प्रभाव विश्व पर्यटन बजारमा पर्न थालेको भए पनि नेपालमा भने २०२० को फेब्रुअरीपछि मात्र आगमनमा असर पर्न थालेको थियो।

कोरोनाको प्रभाव बढ्दै गर्दा २०२० को मार्चमा पर्यटकको आगमन घटेर ४२ हजार ७ सय ७६ मा झरेको थियो। २०२० को अप्रिलमा नेपालमा लकडाउन सुरु भएपछि पाहुना आगमन संख्या निकै तल पुगेको थियो। संक्रमणको उतारचढाव रहिरहँदा २०२१ को मार्चमा भने नेपालमा जम्मा १५ हजार २ सय ५४ जना विदेशी पर्यटक भित्रिएका थिए। २०२२ को मार्चमा भने नेपाल भित्रिने पाहुनाको संख्या ४२ हजार ६ थियो।

‘आगमनका दृष्टिले विदेशी पाहुना आगमनमा सुधार भएको छ,’ बोर्डका निर्देशक मणिराज लामिछानेले भने, ‘मार्च महिनाको आगमनमा धेरैसुधार भएको छ।’ लामिछानेका अनुसार मार्चको यो आगमन सन् २०१९ को मार्चको तुलनामा ७८ प्रतिशत ‘रिभाइभ’ हो। बोर्डका अनुसार तथ्यांकमा समेटिएका यी पाहुना हवाई माध्यमबाट भित्रिएका हुन्। स्थलमार्गको तथ्यांक भने यसमा समेटिएको छैन। गत फेब्रुअरी महिनामा नेपालमा ७३ हजार २ सय ५५ जना विदेशी भित्रिएका थिए। जनवरीको आगमन भने ५५ हजार ७४ थियो।

व्यवसायी चिन्तित

कोरोना भाइरस संक्रमणले गर्दा कुनै महिना नेपाल भित्रिने विदेशी पाहुनाको आगमन आकार दुई अंकमा झरेको कठिन अवस्था पार गरेका पर्यटन व्यावसायीका सामु अहिले त्यो आकार बढेर पाँच अंकमा उक्लिसकेको छ। मार्चमा झण्डै १ लाख जना विदेशी पाहुना नेपाल भित्रिसकेका छन्। कुनै बेला पर्यटक आगमन संख्या महिनाको करिब शून्यमा झरेको भए पनि अहिले बढेर महिनामै १ लाख हाराहारीमा पुगिसक्दा पर्यटन व्यवसायी भने सन्तुष्ट छैनन्।

पर्यटक आगमनको आकार संख्यात्मक रूपमा बढे पनि व्यवसायको आकार भने नबढेको भन्दै व्यवसायी खुसी नभएका हुन्। व्यवसाय गिर्दाे अवस्थामा रहेको भन्दै व्यवसायीले पर्यटन क्षेत्र चलाउन सकस आइपरेको बताइरहेका छन्।

भाइरस संक्रमणले करिब शून्यमा झरेको पर्यटनको आकार मासिक झण्डै १ लाख जनासम्म उक्लिँदा पनि व्यवसायी खुसी हुन नसक्नुको कारण के हो त? पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘गैरआवासीय नेपालीका सदस्य भित्रिँदा पनि केही आकार बढेको देखिएको हो। 

प्रकाशित: २४ चैत्र २०७९ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App