२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

विराटनगर भन्सारमा लक्षको ५७ प्रतिशत मात्रै राजस्व संकलन

चालु आर्थिक वर्षको ८ महिनामा विराटनगर भन्सार कार्यालयले लक्षको ५७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। विराटनगर भन्सार कार्यालयको तथ्याँक अनुसार आर्थिक वर्ष ०७९/८०को ८ महिनामा विराटनगर भन्सार कार्यालयले लक्षको ५७.३९ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो।

विगत ८ महिनामा विराटनगर भन्सार कार्यालयले ३८ अर्ब ९३ करोड ७३ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष लिएकोमा २२ अर्ब ३४ करोड ५९ लाख ७७ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०७९/८०को सुरुवात देखि नै लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयले फागुन महिनामा पनि लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयको तथ्यांकले देखाएको छ।  

विराटनगर भन्सार कार्यालयको तथ्याँक अनुसार फागुन महिनामा  विराटनगर भन्सार कार्यालयले ५ अर्ब ३७ करोड ३३ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष लिएकोमा ३ अर्ब ७ करोड १९ लाख ३७ हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। फागुन महिनामा लक्षको तुलनामा ५७.१७ प्रतिशत राजस्व संकलन गरेपनि अघिल्ला ३ महिनाको तुलनामा सुधार भएको देखिएको छ। विश्वव्यापी आर्थिक मन्दी उस्तै भएपनि जोगवनी नजिकको मिरगञ्ज पुल पूर्ण रुपमा सञ्चालनमा आएको र आयात प्रतिबन्ध खुकुलो भएसँगै विराटनगर नाकाबाट हुने व्यापारमा सुधार आउँदा राजस्व असुलीमा पनि सुधार देखिएको हो। माघ महिनामा लक्षको ५३ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो।  

विराटनगर भन्सार कार्यालयलाई माघ महिनाका लागि ५ अर्ब १५ करोड २६ लाख ४६ हजार राजस्व संकलनको लक्ष तोकिएकोमा विराटनगर भन्सार कर्याालयले २ अर्ब ७३ करोड ११ लाख १५ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो। पुस महिनामा विराटनगर भन्सार कार्यालयले ५ अर्ब २३ करोड ७८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष लिएकोमा लक्षको ४६ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो। पुस महिनामा विराटनगर भन्सार कार्यालयले २ अर्ब ४२ करोड ५९ लाख २७ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो । यस्तै मंसिर महिनामा ४ अर्ब ९२ करोड ६१ लाख ४८ हजार रुपैयाँ लक्ष तोकिएकोमा  २ अर्ब ३३ करोड २६ लाख ८५ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ।

कात्तिक महिनामा ४ अर्ब ७७ करोड ५० लाख ७८ हजार राजस्व संकलनको लक्ष तोकिएकोमा विराटनगर भन्सारले २ अर्ब ९३ करोड ५८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। असोजमा ५ अर्ब ५ करोड ५० लाख ८२ हजार रुपैयाँ संकलनको लक्ष तोकिएकोमा २ अर्ब ७८ करोड ६७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भदौमा ४ अर्ब ७६ करोड ८५ लाख २९ हजार रुपैयाँ लक्ष तोकिएकोमा ३ अर्ब ११ करोड १ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। साउनमा ३ अर्ब ६४ करोड ८६ लाख ६१ हजार रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ९५ करोड १४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको थियो।  चालु आर्थिक वर्षको ८ महिनामध्ये  लक्षको सबै भन्दा बढी साउन महिनामा राजस्व संशलन भएको थियो। साउन महिनामा लक्षको ८०.९० प्रतिशत राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।  

प्रकाशित: २१ चैत्र २०७९ ११:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App