१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कृषि विकास बैंकले १३ प्रतिशत बोनस सेयर दिने

कृषि विकास बैंक लिको वार्षिक साधरणसभा मंगलवार सम्पन्न भएको छ।

साधरणसभाले ११ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साधरणसभामा सेयरधनीले उठाएका जिज्ञासाको बारेमा सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले स्पष्ट पारेका थिए।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले अगामी दिनमा बैंकलाई थप सशक्त तवरले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे। बैंकले २८० वटा शाखाबाट आधुनिक बैकिङ सेवा दिँदै आएको छ।

साधारणसभाबाट बैंकको सञ्चालक समितिमा समूह (ख) सर्वसाधारण सेयरधनीहरूको तर्फबाट तीन जना सञ्चालक सदस्य क्रमशः गोविन्दप्रसाद भट्टराई, संजिव पौडेल, र विनोदकुमार गुरागाई चयन भएका छन्। आगामी ४ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले बताए। साधरणसभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए।

प्रकाशित: १६ चैत्र २०७९ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App