१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

प्रदुषण नियन्त्रणको रणनीति मस्यौदा सार्वजनिक

काठमाडौं– वातावरण विभागले बढ्दै गएको प्रदुषण नियन्त्रण गर्न राष्ट्रिय प्रदुषण नियन्त्रण  रणनीति तथा कार्ययोजनाको अन्तिम मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको छ । बुधबार राजधानीको होटल याक एण्ड यतिमा वतावरण मन्त्रालयद्वारा आयोेजित  कार्यक्रममा मन्त्रालयले राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति र कार्ययोजनाको अन्तिम मस्यौंदा सार्वजनिक गरेका छन् ।

‘एडिबी र आइयुसिएन को संयोजनमा परामर्शदाताको प्रस्तावित सल्लाह र सुझावमा  राष्ट्रिय प्रदूषण नियन्त्रण रणनीति र कार्ययोजनाको अन्तिम मस्यौंदा तयार गरिएको हो,’ वतावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओलीले बताउँदै भने ‘मस्यौंदामा रहेको भाषागत त्रुटिलाई जानकार व्यक्तिको उचित परामर्शमा सच्याउनेछ् । ’ प्रदूषण नियन्त्रण गर्न संस्थागतसहित व्यक्तिको अमूल्य सहयोग हुने सचिव ओलीले बताए । उनले भने, ‘प्रदूषण नियन्त्रण आफैंमा बृहत् रहेकाले नियन्त्रण गरेर राख्नुपर्छ ।’

जनसंख्या वृद्धिसँगै विभिन्न कारणले प्रदूषण बढ्दै गएपछि समग्र प्रदूषण नियन्त्रण गर्न रणनीति र कार्ययोजना ल्याएकोे वातावरण विभागका महानिर्देशक गणेशकुमार श्रेष्ठले बताए ।  श्रेष्ठले भने, ‘वातावरणमा मुख्य रूपमा हावा, पानी, ध्वनि, माटो, खाना, ठोस खालका फोहोर र इलेक्ट्रोम्याग्नेटिभले असर गरिरहेको हुन्छ । ‘यस्ता क्षेत्रमा प्रदूषण बढ्दै गएपछि लामो वतावरणीय अध्ययन र अनुसन्धान गरी रणनीतिसहितको कार्ययोजनको अन्तिम मस्यौदा प्रतिवेदन सार्वजनिक गरिएको हो,’ महानिर्देशक श्रेष्ठले भने ।   

स्पष्ट कानुनको अभाव प्रदूषणविरुद्ध काम गर्न वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ रहे पनि समग्र प्रदूषण नियन्त्रणसम्बन्धी कानुनी अस्पष्टता भएकाले अध्ययन गरी राष्ट्रिय प्रदूषण नियन्त्रणसम्बन्धी रणनीति र कार्ययोजनाको अन्तिम मस्यौदा तयार पारिएको वातावरण विभागका प्रवक्ता मोहनदेव जोशीले बताए ।

‘ऐन र नियमावलीले प्रदूषण नियन्त्रणसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नभएकोले प्रदुषण बढेको जोशीले बताउँदै भने प्रदूषणसम्बन्धी स्पष्ट कानुन निर्माण गर्न सके नेपाललाई प्रदूषण मुक्त गराउन सकिन्छ ।

अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा भदौं देखि अध्यययन अनुसन्धान गरि रणनीति र कार्यनीतिको अन्तिम मस्यौंदा तयार पारेका हौं, जोशीले बताए । उनले थपे, राष्ट्रिय प्रदूषण नियन्त्रण रणनीति र कार्यनीतिको अन्तिम मस्यौंदामा वतावरणविद्का उचित सल्लाह र सुझाव अनुरुप तयार पार्नेछ ।

एसियाली विकास बैक (एडिबी) को आर्थिक सहयोगमा जनसंख्या तथा वातावरण मन्त्रालयले राष्ट्रिय प्रदूषण रणनीति तथा कार्यनीति अनुसार कार्यान्वयन गरिने विभागका प्रवक्त जोशीले प्रष्ट पारे ।

विभिन्न सरोकारवाला निकायको सुझाव र सहभागितामा राष्ट्रिय प्रदूषण रणनीति तथा कार्यनीतिको अन्तिम मस्यौंदा तयार पारिएको छ, जोशीले बताए । उनले भने, ‘वतावरण प्रदुषण नियन्त्रण सम्बन्धीको चेतना अभिवृद्धिका लागि राष्ट्रियस्तरका दुई कार्यशाला, जिल्लास्तरका १४, स्थानीयस्तरका २९ र वतावरण प्रदुषण सम्बन्धीका ५६ वटा कार्यशाला आयोजना गरि राष्ट्रिय प्रदूषण रणनीति तथा कार्यनीति तयार पारिएको हो ।

राष्ट्रिय प्रदूषण रणनीति तथा कार्यनीतिको मस्यौंदामा प्रदुषण नियन्त्रणको सन्दर्भमा विश्लेषण, राष्ट्रिय प्रदूषण नियन्त्रणको रणनीति र कार्ययोजना, रणनीति तथा कार्ययोजनाको कार्यान्वयनको व्यवस्था र अनुगमन मूल्याङकन बारे विस्तृत अध्ययन अनुसन्धान गरि मस्यौंदा तयार पारेका विभागका प्रवक्ता जोशीले बताए ।

शहरदेखि ग्रामीण क्षेत्रमा बढ्दै गएको प्रदूषणलाई कम गर्दै वातावरण स्वच्छ बनाउने उद्देश्यले रणनीति र कार्ययोजना बनाएको प्रवक्त जोशीले बताउँदै भने, ‘प्रदूषण नियन्त्रण गर्न प्रविधिको प्रयोगसँगै व्यक्तिगत रूपमा चेतना अभिवृद्धि गरेर पनि सहयोग गर्न सकिन्छ ।’
 

प्रकाशित: १ पुस २०७३ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App