४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल बैंकको शाखा लेकसाईडमा बिस्तार

नेपाल बैंक लिमिटेडले लेकसाईडमा नयाँ शाखा बिस्तार गरेको छ। बैंकको यो १२८ र पोखराको आठौं शाखा हो।  

पोखराको आठौं शाखाको मंगलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा बोल्दै मेयर आचार्यले नेपाल बैंकले सेवाग्राहीको गुनासो नआउने गरी काम गरेको भन्दै आगामी दिनमा पनि गुणस्तरीय सेवालाई निरन्तरता दिन आग्रह गरे। मेयर आचार्यले कोभिडको मारमा परेको अर्थतन्त्रमा बल्ल असर देखिन थालेको बताए। बैंकलाई बैंककै जस्तो सेवा र व्यवहार गर्न उनले सुझाए।   

राष्ट्र बैंकका पोखरा कार्यालय प्रमुख आर्या जोशीले बैंकलाई शाखा बिस्तारसँगै गुणस्तरिय सेवालाई कायम राख्न आग्रह गरिन्। ‘शाखा खोल्नुमात्र ठूलो कुरा होईन,’ उनले भनिन, ‘गुणस्तरिय सेवाप्रति मनन् गर्ने गरौं ।’ उनले बैंकले नाफाको निश्चित रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नैपर्ने राष्ट्रबैंकको निर्देशन भएकाले सो अनुसार गर्न सुझाव दिईन्। उनले अर्थतन्त्र सुधारोन्मुख रहेको र अब केहि दिनभित्रै व्याजदर पनि घट्ने र कर्जा लगानी पनि खुकुलो हुने उल्लेख गरिन्। 

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंक देशको नामसँग जोडिएको वित्तीय संस्था भएको र यो अन्य भन्दा भिन्न भएको बताए। पोखरा महानगरपालिका–६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले निजी बैंकले पर्यटन व्यवसायीहरुलाई ताकेता गरेर तनाव दिईरहेको भन्दै त्यस्तो नगर्न नेपाल बैंकलाई सचेत गराए।  

प्रकाशित: १४ चैत्र २०७९ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App