१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भेरा पिज्जाको तेस्रो शाखा बौद्धमा

ठमेलमा व्यावसायिक रूपमा सफल भएको नेपाली पिज्जाको ब्रान्ड ‘भेरा’को तेस्रो शाखा विस्तार भएको छ। यसअघि दरबारमार्गमा दोस्रो शाखा विस्तार गरेको कम्पनीले तेस्रो शाखा बौद्धको उत्पला कम्प्लेक्सभित्र खोलेको सञ्चालक सन्देश अधिकारीले बताए। फरक स्वाद र ठमेलबाहेकका ठाउँबाट समेत शाखा खोल्न माग हुन थालेपछि बौद्ध छनोटमा परेको हो।

‘४ वर्ष अघि ठमेलमा भेरा ब्रान्डमा पिज्जा ल्याइएको थियो,’ अधिकारीले भने, ‘काठमाडौंको विभिन्न ठाउँबाट पिज्जा खान आउने क्रम बढेसँगै पहिलो शाखाको रूपमा उत्पलामा विस्तार गरिएको हो।’ ‘उत्पला कम्प्लेक्स बौद्धको चर्चित बजार हो, जहाँ नेपालीभन्दा विदेशी पर्यटक भरिभराउ हुन्छन्,’ उनले भने, ‘त्यही भएर बौद्ध छनोट गरिएको हो।’

इटालीको स्वादमा पिज्जा बनाउन चाहिने सम्पूर्ण परिकार विदेशबाट आयात गर्ने उनको भनाइ छ। ग्राहकले अर्डर गरेको एक मिनेटमा पिज्जा तयार हुने गरी अत्याधुनिक मेसिन जडान गरिएको छ। पातलो तह र यसको शीर्षमा उत्तम टोपिङ्सको साथ उत्तम क्रस्ट छ। जसका कारण पिज्जा उत्कृष्ट बन्ने सञ्चालकहरूले दाबी गरेका छन्।

प्रकाशित: १३ चैत्र २०७९ ०३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App