१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल-इटाली उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारणसभा

नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजको नवौं वार्षिक साधारणसभा बिहीबार राजधानीमा भएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच नवौं साधारणसभा गरिएको हो।

नेपाल र मित्रराष्ट्र इटालीबीच बढ्दो व्यापार व्यवसायलाई थप व्यवस्थित गर्दै लगानी तथा पर्यटन क्षेत्रलाई फराकिलो बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सो साधारणसभाको उद्घाटन गरेका थिए। नेपाल-इटाली चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय अग्रवालले दुवै मुलुकबीच आपसी समझदारीमा व्यापार व्यवसाय गर्दै आइरहेको बताए।

नेपाल र इटालीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको करिब साढे ६ दशक हुन लागेको छ। नेपाल र इटालीबीचको कूटनीतिक सम्बन्ध सन् १९५९ अगष्ट ३१ मा स्थापित भएको थियो। दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो र सशक्त बनाउन नेपाल इटाली चेम्बर अफ कमर्स स्थापना गरिएको हो। साधारणसभाको अवसरमा नेपाल इटाली चेम्बर अफ कमर्सका विशिष्ट मानार्थ सदस्य राजेशकाजी श्रेष्ठलाई सम्मान गरिएको थियो।

नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिजका कार्यवाहक अध्यक्ष ध्रुवकुमार श्रेष्ठले नेपालको सांस्कृतिक वस्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनर्निर्माणको क्षेत्रमा इटालीको योगदानको स्मरण गरे। उनले मित्रराष्ट्रको सहयोग दुई देशबीच मित्रता कायम गर्न सहयोग पुग्ने बताए।

नेपाल इटालीबीच व्यापार क्षेत्रमा उत्कृष्ट आयातकर्ताको रूपमा विनोद सगतानीलाई सम्मान गरिएको थियो। त्यसैगरी इटालीमा नेपाली वस्तु निर्यात गर्ने उत्कृष्ट निर्यातकर्ताको रूपमा राजु श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। इटालीका पर्यटक भित्र्याएको भन्दै पिस इन्टरनेशनल टुर एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक सर्वाेत्तमलाल श्रेष्ठलाई सम्मान गरिएको थियो। इटालीले नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विकास निर्माणको काममा सघाउँदै आइरहेको छ।

प्रकाशित: १० चैत्र २०७९ ०१:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App