७ वैशाख २०८१ शुक्रबार
अर्थ

बेमौसमी बर्षाले १६ लाख बढीको तरकारी नष्ट

बैमासमी बर्षासंगै आएको बाढीले जिल्लाको शिवराज नगरपालिका–८ देबीपुर गाउका कृषकले बगरमा लगाएको १६ लाख बढीको तरकारी बालीमा क्षति गरेको छ। आइतबार राति हावा हुरीसंगै आएको बर्षाले सुरई खोलाको बगरमा लगाइएको तरकारी बाली नष्ट भएको हो।

बाढीले २२ कठ्ठामा लगाइएको खेती पूर्ण रूपमा क्षति गरेको समूहका अध्यक्ष सुग्रीव लोनियाले बताए। बेच्न तयारी अवस्थामा रहेको तरबारी बाली नष्ट भएको उनले बताए।

नगरपालिकाको अनुदानमा स्थानीय सफल कृषक समूहले नदीको किनारमा बगरे खेती गरेका थिए। बजारमा बिक्रीका लागि तयार भएका काँक्रा, लौका, तरबुजा, खरबुजा, करेलालगायत बालीमा क्षति गरेको छ।  ‘बाढी नै आउने जस्तो बर्षा हुन्छ जस्तो लागेको थिएन’ उनले भने ‘ पहाडतिर परको पानीले खोलामा आएको पानीले नोक्सानी गर्यो।’  

तयारी अवस्थामा रहेको फसल बेच्ने बेलामा नोक्सानी भएको उनले बता । उनले करिब १६ लाख रुपियाँ बरावरको नोक्सानी बताए।  खेतीको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापासहितको टोलीले अनुगमन गरेको छ। राहतको विषयमा कार्यपालिका बैठकमा छलफल गरिने नगरप्रमुख थापाले बताए।  

प्रकाशित: ६ चैत्र २०७९ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App