२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

फुङलिङ नगरपालिकाद्धारा बजेटको आकारमा बृद्धि,६४ वटा योजना तथा कार्यक्रम शंसोधन

ताप्लेजुङको फुङलिङ नगरपालिकाको १३ औं नगरसभाले चालू आर्थिक बर्षको बजेटको आकार बढाएको छ। सभाले ४ करोड रकम थप गरी चालू आवको बजेटको आकार ७२ करोड ७६ लाख ६५ हजार १ सय रुपैयाँको बनाएको छ। सोमवार भएको नगरसभामा सभाध्यक्ष तथा नगरप्रमुख अमिर मादेनले नगर उपप्रमुख भीमादेवी ओझालाई चालू आवको बजेट तथा कार्यक्रम शंसोधन प्रस्ताव पेश गर्न अनुमति दिएका थिए।  

ओझाले प्रस्तुत गरेको शंसोधन प्रस्ताव नगरसभाले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले जानकारी दिए। नगर उपप्रमुख ओझाले चालू आवका ६८ करोड ८३ लाख ७ हजार १ सय १० रुपैयाँको बजेट पेश गरेकी थिईन्। दशौं नगरसभाबाट स्वीकृत सो बजेटमध्ये शसर्त अनुदानतर्फ १ करोड ४० लाख रुपैयाँ कटौति हुँदा ४ करोड २६ लाख ५७ हजार ७ सय रुपैयाँ थप भएको  ।  

उता आन्तरिक स्रोततर्फ अल्या र मालपोत दस्तुरबाट १ करोड ७ लाख रुपैंया बृद्धि भई बजेटको आकार बढेको नगरपालिकाले जनाएको छ । बजेटको आकार बढेसंगै नगरसभाले साविक रहेका ६४ वटा योजना तथा कार्यक्रमको बजेट समेत शंसोधन गरेको नगरपालिकाका उपप्रमुख ओझाले जानकारी दिईन्।  

पुँजीगतको भौतिक प्रगति ३१ प्रतिशत मात्र  

नगरपालिकाले पुँजीगततर्फका योजनाको भौतिक प्रगति ३१.०७ प्रतिशत मात्र रहेको जनाएको छ । नगर उपप्रमुख ओझाका अनुसार बित्तीय प्रगति चाँहि ४३.३९ प्रतिशत रहेको छ । दशौं नगरसभाले चालू आवका लागि २ सय ८० वटा विकास योजना छनौट गरेकोमा चालू आवको फागुन मसान्त सम्म १ सय ८५ वटा उपभोक्ता समितिसंग(ठेक्का सम्झौता सहित)सम्झौता गरिएको छ । ति मध्ये हाल सम्म ८७ वटा योजना सम्पन्न भई फरफारकको क्रममा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार चालू आवका लागि बिनियोजित चालू बजेट ४३ करोड ८५ लाख १५ हजार ४ सय १० रुपैयाँमध्ये ४३ प्रतिशत अर्थात् २० करोड ३५ लाख ३ हजार ८ सय ८० रुपैंया खर्च भएको छ। यस्तै पुँजीगततर्फ २९ करोड ११ लाख ४९ हजार ९ सय रुपैयाँ बिनियोजित बजेटमध्ये ३८.५५ प्रतिशत अर्थात् ११ करोड २२ लाख ५३ हजार १ सय ४४ रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ।  

लक्ष्यको तुलनामा ५९ प्रतिशत राजश्व असुल  

नगरपालिकाले चालू आर्थिक बर्षका लागि निर्धारण गरेको लक्ष्यको ५८.५८ प्रतिशत राजश्व सुल गरेको जनाएको छ। नगर उपप्रमुख ओझाका अनुसार चालू आवका लागि १ करोड ९८ लाख रुपैयाँ राजश्व असुल हुने लक्ष्य राखिएकोमा फागुन मसान्त सम्ममा १ करोड १६ लाख रुपैयाँ रावश्व असुल भएको छ। नगरपालिकाले चालू आवको अन्त्य सम्ममा आन्तरिक राजश्व असुलीमा लक्ष्य भन्दा बढी असुली गर्ने संकेत गरेको छ। नगरसभाले नगरपालिकाका कर्मचारीको व्यवस्थापन एवम् समायोजन बिधयेक २०७९ लाई स्वीकृत पनि गरेको छ।

प्रकाशित: ६ चैत्र २०७९ १०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App