१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

सिन्धुलीको छुर्पि अमेरिका निर्यात

सिन्धुलीको गोलञ्जोर गाँउपालिका ५ मा रहेको कृषिफार्मले निर्यातकालागि सुकाएको छुर्पि। तस्विर अनिल भण्डारी, नागरिक

सिन्धुलीमा बनेको छुर्पि अमेरिका निर्यात हुन थालेको छ। सिन्धुलीको गोलञ्जोर गाँउपालिका ५ मा रहेको हिलटप कृषिफार्म प्रा.लीले उत्पादन गर्न थालेको छुर्पिको अमेरिका निर्यात हुन थालेको छ।  

झन्डै तीन करोड बढी लगानीमा गाँउमै कृषिफार्म प्रा.ली सञ्चालन गरि स्थानिय सुमनविक्रम थापाले घ्यू र छुर्पि उत्पादन गर्न थालेका हुन्। घ्यू को बजार नेपालमै भएपनिउत्पादित छुर्पिको बजारमा नेपालमानभएकाले अमेरिका निर्यात गर्नु परेको सञ्चालक सुमनविक्रमथापाले जानकारी दिए। 'मैले मासिक २५ लाख बढीको छुर्पि निर्यात गर्दै आएको छु', उनले भने, 'घ्यू र छुर्पि गरि मासिकपचास लाख बराबरको कारोवार अहिलेनै भइरहेको छ।'

गाँउमा व्यवसायीक पशुपालन समेत नभएको अवस्थामा आफुहरुले दुधलाई प्रशोधन गर्ने उद्योग खोलेसँगै गाँउमै झन्डै ७० जना किसानहरुले व्यवसायीक पशुपालन गरेर दुधविक्रि गर्न आफ्नो फर्ममा ल्याउन थालेको उनको भनाई छ । अहिले हाम्रो फर्ममा दुध बेचेर मासिक १५ हजार देखि ८० हजारसम्म आम्दानी गर्न सक्ने किसान गाँउमै भएका छन्। उनले भने, 'मैले सोचे अनुसार र उद्योगको क्षमताअनुसार अझै दुधको अपुग भएकाले थप किसानलाई व्यवसायीक दुध उत्पादनमा जोड दिने मेरो उदेश्य छ।' 

मासिक ३० हजार लिटर दुध अहिले गाँउकै कृषकहरुले गर्ने गरेको उनको भनाई छ । दुधलाई उद्योगबाट प्रशोधन गरेर घ्यू र छुर्पि बनाएका छौ, उनले भने, घयू काठमाण्डौ उपत्यकामै विक्रिवितरण भएको छ भने छुर्पि अन्र्तराष्ट्रिय बजार विशेष गरि अमेरिका निर्यात गरेका छौ। गाँउमा दुध प्रशोधन उद्योग खोलेसँगै किसानहरुलाई पनि दुध बेच्न सहज भएपछि दुध उत्पादन गर्ने किसान थपिदै गएका छन्। उनले युवापंत्तिले आफ्नो माटो र भुमिलाई माया गर्न सके गाँउमै केहि गर्न सकिने बताए। फर्ममा ९ जनालाई प्रत्यक्ष रोजगार समेत उपलब्ध भएको छ। उद्योगको क्षमता विस्तार हुदै जाँदा थप केहिलाई अझै रोजगार दिन सकिने सञ्चालक थापा बताउछन्। काम सानो ठुलो नहुने भएकाले विदेश जाने कुरालाई प्राथमिकतामा राख्न नहुने उनको बुझाई छ। थापाले सञ्चालन गरेको फार्मबाट हालमासिक २२ देखि २५ सय केजी घू उत्पादनगर्दै आएको छ। घयू मुख्यगरि काठमाण्डौ पोखरा हेटौडा चितवन लगायतका शहरमा निर्यात भइरहेको छ उनले भने, छुर्पि २१ सय देखि २५ सय केजीप्रति महिना उत्पादन हुने गरेको छ। थापाले नेपालको कानुनअनुसार कम्पनीले मात्रै विदेश सामान निर्यात गर्न पाउने प्रावधान भएकाले तेस्रो पक्षबाट निर्यात गर्नुपरेको बताए। पच्चिस देखि ३० लाखको छुर्पि रपन्ध्र देखि २० लाखको घयू उत्पादन उद्योगले गर्दै आएको उद्योगले जनाएको छ।  

'गाँउमा खुलेको उद्योग भएकाले दुध प्रशोधनबाट आएको मोहि खेर गइरहेको उद्योगले जनाएको छ। शहरी क्षेत्रमा भएको भए मोह पनि विक्रि हुने थियो,' सञ्चालक थापाले भने, 'अहिले हाम्रो मोहिको मार्केट छैन उत्तिकै खेर गइरहेको छ।'

प्रकाशित: ६ चैत्र २०७९ ०७:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App