कृषि विकास बैंक, अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) तथा कर्जा सूचना केन्द्र बीच त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
नेपालको वित्तीय क्षेत्रमा व्यक्तिगत क्षमता, व्यवहार, शैली र योग्यता मापनमा आधारित रहेर सम्भावित ऋणीको मूल्याङ्कन गर्ने विधि (साइकोमेट्रिक स्कोरिङ सोलुसन) को परीक्षणका लागि उक्त सम्झौता भएको हो।
सम्झौता पश्चात वित्तीय प्रणालीमा कर्जा वितरणलाई प्रविधिसँग सामञ्जस्य कायम गरी नयाँ ढङ्गले प्रस्तुत हुने साइकोमेट्रिक स्कोरिङले कर्जा प्रवाह प्रणालीलाई थप प्रविधिमैत्री बनाइ सहज, सरल र जोखिममुक्त कर्जा प्रवाहलाई प्रवर्द्धन गर्ने अपेक्षा लिइएको छ।
प्रकाशित: ५ चैत्र २०७९ ०३:३४ आइतबार





