५ वैशाख २०८१ बुधबार
अर्थ

एकै रात, एकै ठाउँका लुघवित्त र सहकारीमा चोरी

मोरङको ग्रामथान गाउँपालिका–२ स्थित झोराहाट बजारमा रहेको लुघवित्त र सहकारी संस्थामा बिहीबार राति चोरी भएको छ। एकै रात, एकै ठाउँमा रहेका दुवै संस्थाबाट ७ लाख बढी रुपैयाँ चोरी भएको हो।

बिहीबार राति ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र सौजन्य वचत तथा ऋण सहकारी संस्था चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार झारोहाट बजार क्षेत्रका रहेको दुवै संस्थामा एकै रात चोरी हुँदा ७ लाखभन्दा बढी चोरी भएको बताए।

पुष्पलाल चोक–विराट चोक सडक खण्डको झोराहाटको मुख्य बजार क्षेत्रमा रहेको दुवै संस्था झोराहाट प्रहरी चौकीदेखि करिब ३ मिटर पूर्वमा रहेको छ। एकै दिन, एकै रात दुवै संस्था चोरी हुँदा सुरक्षामाथि चुनौती थपिएको छ। सरकारले पछिल्ला समय बैंक, वित्तीय संस्था र सहकारी संस्थालगायत आर्थिक कारोबार हुने स्थानमा विशेष सुरक्षा अपनाउन भनिए पनि एकै रात २ वाट संस्था चोरी भएको छ। प्रहरी चौकी बजारमै रहेर पनि मुख्य बजार क्षेत्र नै असुरक्षित भएपछि अन्य क्षेत्रमा चोरी हुनु स्वाभिक रहेको स्थानीयले बताए।

ग्रामथान–२ झोराहाट बजारस्थित राजेन्द्र सरदारको दुई तले घरको दोस्रो तलामा बहालमा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था चोरी भएको हो। तल्लो तलाको पछाडितर्फ चेनगेटको ताला भत्काएर माथिल्लो तलामा रहेको ढोकाको ताला भत्काएर चोरी भएको छ।

बिहान संस्थाको ताला भत्किएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको बताउँदै, डिएसपी दाहालले भने, ‘संस्थाको कर्मचारीले स्टीलको दराज फोडेर १ हजार ८ सय रुपैयाँ मात्रै चोरी भएको बताए। अन्य कुनै पनि कागजपत्र नलगेको बताएका छन्।’

त्यसैगरी, सोही रात सोही ठाउँको प्रकाश ढुंगानाको दुई तले घरको दोस्रो तला बहालमा लिएर सौजन्य वचत तथा ऋण सहकारी संस्था रहेको छ। माथिल्लो तला जाने ढोका र कार्यालय प्रवेश गर्ने ढोकाको तला फाडेर चोरी गरिएको देखिन्छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ढोकाको तला फोडेर त्यहाँ रहेको लकर फोडेर लकरभित्र रहेको ७ लाख ७९ हजार १ सय १८ रुपैयाँ चोरी भएको देखिएको छ। घटनाको अनुसन्धान भइरहेको बताउँदै, डिएसपी दाहालले भने, ‘दुवै संस्थाको चोरीको प्रकृति हेर्दा एकै प्रकारको देखिन्छ । दुवै ठाउँमा चोरीमा संलग्नले ग्याँस कटरको प्रयोग गरेको भेटिएको छ।’

ग्याँस कटर प्रयोग गरेर ताला काटेर संस्थाभित्र रहेको नगद मात्रै चोरी भएको छ भने कागजपत्र केही पनि नभएको छैन। दुवै संस्थाको तल्लो तलमा विभिन्न पसलहरु रहेको हुँदा त्यहाँ कोही पनि राति नबस्ने गरेको मौका छोपेर चोरी भएको प्रहरीले जनाएको छ।

डिएसपी दाहालले लाखौं रुपैयाँको कारोबार हुने संस्थामा रातको समय पूरै सुनशान हुने गरेको रहेको छ। संस्थाले निजी सुरक्षाकर्मी वा अन्य सुरक्षाकों प्रवन्ध नगरेको हुँदा सहजै चोरी गरेको देखिएको छ। घटनाको अनुसन्धान र संलग्नहरुको पहिचानसहित खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ चैत्र २०७९ १३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App