सुनको मूल्य आज नेपाली बजारमा अहिलेसम्मकै उच्च मुल्यमा किनबेच भइरहेको छ। शुक्रबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्दै १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो।
यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँ बढेको छ। आज तेजावी सुन तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि गत फागुन १२ सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो।
प्रकाशित: ३ चैत्र २०७९ ११:४३ शुक्रबार