८ वैशाख २०८१ शनिबार
अर्थ

एनसेलले ल्यायो ‘मज्जाको प्लान’

एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई विचार गरी आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ। यस नयाँ स्टार्टर प्याक ‘मज्जाको प्लान’ यही चैत ३ गते शुक्रबारदेखि सञ्चालनमा आउँदैछ र इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्छन्।

ग्राहकले यो स्टार्टर प्याक करसहित ५९९ रूपैयाँमा खरिद गर्न सक्छन्। यस प्याक अन्तर्गत ग्राहकले २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन्। प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिनदेखि २८ दिनको लागि मान्य रहनेछ। यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले २०० वा सोभन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन्।

ग्राहकले २०० देखि रु ४९९ रूपैयाँसम्मको रिचार्जमा ५% बोनस क्यास ब्याक प्राप्त गर्न सक्छन् भने ५०० रूपैयाँ वा सोभन्दा बढीको रिचार्जमा १०% बोनसको मजा लिन सक्छन्।

यसका साथै यो प्लान सुचारु गर्ने ग्राहकले यो आकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान ५९९ रूपैयाँमा आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिनदेखि ९० दिनसम्म जति पटक पनि खरिद गर्न सक्छन्। त्यस्तै प्रिपेड ग्राहकले आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार सञ्चालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरू एनसेल एप तथा अन्य माध्यमहरू जस्तै एसएमएस र युएसएसडीबाट सुचारु गर्न सक्छन्।

प्रकाशित: ३ चैत्र २०७९ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App