१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

काठमाडौँ महानगरको राजस्व सङ्कलन ४३ प्रतिशत

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा ४३ दशमलव ८२ प्रतिशत राजस्व सङ्कलन गरेको छ।

महानगरपालिकाले चालु आवमा १० अर्ब ४१ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य राखेकामा चार अर्ब ५६ करोड ६२ लाख उठाएको जनाएको छ।

महानगरपालिकाको राजस्व विभागका अनुसार सबैभन्दा धेरै राजस्व सङ्कलन मनोरञ्जन करमार्फत उठेको छ। मनोरञ्जन करमा ५० लाख राजस्व उठाउने लक्ष्य राखेको महानगरले एक सय ८१ प्रतिशत अर्थात् ९० लाखभन्दा धेरै राजस्व उठाएको छ। महानगरले रकमका आधारमा सबैभन्दा धेरै कर घरबहाल कर उठाएको छ।

महानगरले दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको घरबहाल करमा आठ महिनामा एक अर्ब १८ करोड सङ्कलन गरेको जनाएको छ। महानगरले सम्पत्ति करमा चालु आवमा एक अर्ब राजस्व उठाउने लक्ष्य राखेकामा ६५ करोड उठाएको छ।

यसैगरी नक्सापास दस्तुरबाट ४१ करोड उठेको छ। उक्त शीर्षकमा महानगरले चालु आवभरिमा ७५ करोड राजस्व उठाउने लक्ष्य राखेको छ।

प्रकाशित: २ चैत्र २०७९ १५:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App