coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कुमारी बैंकको आकर्षक योजना सार्वजनिक

कुमारी बैंकले जीवन बिमा सुविधासहितको मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ। योजना अन्तर्गत ग्राहकको मुद्दती रकम २ गुणा वृद्धि हुनुका साथै आवधिक जीवन बिमामार्फत जोखिम व्यवस्थापन हुने बैंकले जनाएको छ।

नेपालमै पहिलो पटक जीवन बमा सुविधा सहितकोे मुद्दती निक्षेप योजना सार्वजनिक गरेको यस बैंकले कुमारी जीवनबिमा टु एक्स मुद्दती खाता प्लसमा ६ वर्ष ८ महिना ९ दिनमा मुद्दती रकम दुई गुणा हुने व्यवस्था गरेको छ।

योजनाअन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बिमा सुविधाबापत लाग्ने शुल्क बैंकले नै भुक्तानी गर्नेछ। योजनामा १८ देखि ५० वर्ष उमेर समूहका ग्राहकले न्यूनतम पचास हजारदेखिको मुद्दति खाता खोल्न सक्नेछन् भने निक्षेपकर्ताले अधिकतम एक करोड रूपैयाँसम्मको जीवन बिमा लगायतका सुबिधा प्राप्त गर्ने बैंकले जनाएको छ।

प्रकाशित: २ चैत्र २०७९ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App