coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटन प्रवर्द्धनका लागि ७ औ प्राचीन कपिलवस्तु महोत्सव चैत १ गतेबाट

ओझेलमा परेको कपिलवस्तुको ऐतिहासिक र पर्यटकीय स्थलको प्रचार प्रसारका लागि कपिलवस्तुको तौलिहवामा ७ औ प्राचिन कपिलवस्तु महोत्सव हुने भएको छ। चैत १ देखि १२ गते सम्म तौहिलवाको वुद्धपद्यम उच्च उमाविको मैदानमा महोत्सव हुने भएको हो।  

तौलिहवा उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेका हो । खुला संग्रहालयका रुपमा रहेको जिल्लामा रहेको ढेड सय बढी बुद्धसंग संबन्धित स्थलहरुको प्रचारप्रसार,अन्र्राष्ट्रिय ध्यान खिचेर लगानी भित्राउनका लागि महोत्सव संचालन गर्न लागिएको महोत्सवका स्थलमा गरिएकोे पत्रकार सम्मेलनमा  संघका अध्यक्ष तथा मेलाका संयोजक गयादीन कुर्मीले बताए।  

तीन वटा बुद्धको क्रिडा स्थल भए पनि उपेक्षित बनेको ऐतिहासिक स्थलबाट भगवान गौतम वुद्धको शान्तिको सन्देश विश्वमा फैलाउन र कपिलवस्तुमा रहेका वुद्ध सग जोडिएका स्थानहरुको प्रचार प्रसार गर्नको लागि महोत्सव आयोजना गरिएको उनले बताए।  

जिल्लामा बुद्धले २९ बर्ष ब्यतित गरेका तिलौराकोट, बुद्धत्व प्राप्त गरे पछि पहिलो पटक आएको स्थान कुदान, कनकमुनीको जन्मथलो निगाली र अरौराकोट, शाक्यहरुलाई सामुहिक बध गरिएको सहराहवा, सिसहनियाकोट, धमनिया स्तुप लगायत बुद्धद्धसंग संबन्धी स्थलहरुको बिकासका लागि महोत्सव मार्फत आवहन गरिने बताईएको छ।  

मेलामा कृषि ,पर्यटन ,घरेलु तथा लघु उद्यम,  वाल उद्यान, समेत रहनेछन। महोत्सवमा एक लाख बढी दर्शकले अवलोकन गर्ने र एक करोड बढीको कारोवार हुने मेला संयोजक चौधरीले बताए । महोत्सवमा एक सय बढी स्टल रहनेछन। महोत्सवमा चर्चित लोकदोहरी गायक पशुपति शर्मा, बद्री पंगेनी, हेमन्त शर्मा, भोजपुरी गायिका प्रिती पासवान लगायतका कलाकारहरुको समेत प्रस्तुती रहनेछ । महोत्सवको उदघाटन चैत १ गते साझ ७ बजे प्रदेश सदस्य सुधाकर पाण्डेयबाट हुनेछ। 

यस्तै महोत्सव कै अवसरमा दोश्रो प्राचिन कपिलवस्तु डान्स आईडल समेत हुनेछ।आईडल कार्यक्रमका संयोजक सुमन पौडेलले जुनसुकै उमेरका व्यक्ति आईडलमा सहभागी हुन पाउनेछन।महोत्सवमा आएका दर्शकले भोटिङ गरेको आधारमा आईडलको छनौट गरिनेछ । बिजेतालाई २० हजार सहीत आईडलको ताज दिईनेछ। यस्तै द्धितीयलाई १० र तृतीयलाई ५ हजार नगद पुरस्कार दिईनेछ।  

प्रकाशित: ३० फाल्गुन २०७९ ०७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App