coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मौरी चराउन दाङबाट कपिलवस्तुमा

दाङका मौरी पालक कृषकहरु मोरी चराउन कपिलवस्तुका बिभिन्न स्थानमा आएका छन । कृषक भरत ओली सहीतका टोली मौरी चराउन कपिलवस्तुका बिभिन्न स्थानमा आएका हुन । १ सय ६५ घार सहित ओली कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर २ बरगदी गाउ नजिक आएका हुन । मौरी ल्याएका मौरी पालक कृषक भरत ओली दिनभर मौरी चराउन व्यस्त छन्।  

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का ओलीले यस क्षेत्रमा मौरीलाई प्रशस्त मात्रामा चरन क्षेत्र भएका कारण आफुहरु मौरी चराउन आएको बताए । मौरी पालन नै मुख्य पेशा बताउने उनले आफु यसैमा रमाउने गरेको बताए । तोरीको सिजन भएकाले आफु्हरु यहा मौरी चराउन आएको बताए । भारतीय मह र नक्कली महका कारण आफ्ुहरुले उत्पादन गरेको महले राम्रो बजार र मुल्य नपाएको उनले गुनासो गरे।  

उनले बिक्री नभएका कारण २० क्युनटल जति मह घरमा थन्किएर बसेको उनले गुनासो गरे । दाङमा मह निकालेपछि विभिन्न जिल्लामा मौरी चराउन जाने गरेको उनले बताए। उनले ६ महिना जति मौरी चराउने र ३ महिना मौरीलाई घर मै राख्ने गरेको उनले बताए ।  मेलिफेरा उन्नत जातको मौरी पालेका छन।  

यस क्षेत्रमा मौरीलाई प्रशस्त मात्रामा चरन क्षेत्र भएका कारण आफुहरु मौरी चराउन आएको दाङका मौरी पालक कृषक ओलीले बताए । मौरीको चरनबाट परागसेचनलाई सघाउ पुग्ने भए पछि कृषकहरुले पनि मौरी पालक कृषकहरुलाई सघाउने गरेको उनले बताए । मेलिफेरा जातको मौरी पालन गरिएकोमा एक घारबाट बार्षिक ५० किलोग्राम सम्म मह उत्पादन हुने गरेको अर्का मौरी पालक कृषक दिनेश ओली बताउंछन् ।  प्रति घरबाट ८ देखि १० किलोका दरले मह निकल्ने गरेको उनले बताए। 

जलवायु परिवर्तनका कारण मह उत्पादनमा कमी आए पनि उत्पादन गरेको मह खुला सिमाका कारण बेच्न समस्या परेको दिनेश बताउछन् ।भारतबाट सस्तो मुल्यमा मह आयात हुने कारणले उत्पादन गरेको गुणस्तरिय मह प्रतिस्पर्धा गरेर बेच्न नसकेको उनले बताए । मानिसहरुले भारतिय मह डाबर पतञ्जली महहरु मन पराएर खाने र हाम्रो गुणस्तरिय मह खान नपराउने समस्या रहेको बताए । बेरोजगारीको समस्यालाई हलगर्दै जेनतेन जिविका चलाउदै आएको उनी बताउछन । बजारमा प्रतिकिलो ५ सय  देखि ७ सय रुपैया थोक मुल्य र ७ सय देखि ८ सय रुपैया सम्म खुद्रा मुल्यमा विक्री हुन्छ ।

तोरी, फापर, रुदिलो, सिसौ आदिको फुल मौरीको आहाराको लागी आवश्यकता पर्दछ । यी र यस्ता वनस्पति र फुलहरु यस क्षेत्रमा पाईने भएका कारण पनि मौरी पालक कृषकहरु जिल्लाका विभिन्न स्थानहरुमा अहिले मौरी चराउन आकर्षित भएका हुन् । कम लगानी र राम्रो प्रतिफलका कारण चितवन, दाङ्ग र सर्लाही लगायतका जिल्लाहरुमा कृषकहरुले मौरी पालनलाई मुख्य व्यवसायका रुपमा अपनाउदै आएका छन्।

प्रकाशित: ३० फाल्गुन २०७९ ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App