६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्थतन्त्र सुधारका लागि सामूहिक प्रयत्न आवश्यक: थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्र जोखिममा रहेकाले सुधारका लागि सामूहिक प्रयत्न गर्नुपर्ने बताएका छन्। विगतका कमजोरी र गल्तीका कारणले अर्थतन्त्रमा समस्या आएको बताउँदै सुधारका लागि सरकारले अग्रसरता लिनुपर्ने बताए।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा यस्तो धारणा राखेका हुन्। सरकराले कम्तिमा पाँच महिनामा सुधारको संकेत दिनुपर्ने बतए। ‘अर्थतन्त्रमा चौतर्फी समस्या छन्,’ थापाले भने, ‘सुधारका लागि प्रधानमन्त्री तयार हुनुपर्छ।’

प्रधानमन्त्रीले समस्याका बारेमा जानकार भएर समाधानका लागि पहल गनुपर्ने बताए। वर्तमान सरकारले परिणाम दिन सकेन भने मुलुक बर्बादितर्फ जाने बताए। मुलुकमा देखिएका बहुआयामिक समस्याका कारणले नागरिक तहमा चौतर्फी असन्तुष्टि पैदा भएको भन्दै चिन्ता व्यक्त गरे।

बैंकिड क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्ने उनको तर्क छ। ‘बैंकिड क्षेत्र दक्षिण एसियाकै सबल क्षेत्र भनेर भन्दै आएका छौं, थापाले भने, तर अहिले निजी क्षेत्रका संगठनहरू सडकमा आएर बैंकको बारेमा आन्दोलन गरिरहेका छन्।’

थापाले आफू मन्त्री बन्ने लाइनमा नरहेको समेत बताएका छन्। थापा अर्थमन्त्रीको रूपमा आउन सक्ने अडकलबाजीका बीच थापाले यस्तो बताएका हुन्।

‘साथीहरूले मलाई तपाईं मन्त्री भएर जानुहुन्छ भनेर सोध्नुहुन्छ,’ उनले भने, ‘पार्टीको महामन्त्री छु। मन्त्री होइन, महामन्त्रीकै रूपमा काम गर्छुु।’ आफू मन्त्री होइन, प्रधानमन्त्री चलाउन सक्छु भन्ने विश्वासका अघि बढेको उनले बताए। पाँच वर्षका लागि सांसदको जिम्मेवारी पाएको भन्दै सोही भूमिका निर्वाह गर्ने बताए।

कार्यक्रममा अर्थविद् डा. गोविन्द नेपालले अर्थतन्त्र चौतर्फी समस्यामा रहेको बताए। अर्थतन्त्रका बाह्य पक्षमा केही सुधार देखिए पनि जनजीवनमा संकट देखिएकाले सरकारले निर्मम भएर निर्णय लिनुपर्ने समय आएको नेपालको धारणा छ।

प्रकाशित: २९ फाल्गुन २०७९ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App