coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महिला नेत्री ममता झा सम्मानित

अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा ममता झालाई चन्द्रलोक प्रतिष्ठानले ‘राष्ट्र नारी सम्मान २०७९’ प्रदान गरेको छ। उदाहरणीय नेतृत्व, समाज र समुदायप्रति समर्पणको कदर गर्दै उनलाई सम्मान गरिएको हो।

ममता जनमत पार्टीको सप्तरी इन्चार्ज र मधेसी नेताको रूपमा परिचित छन्। साथै उनी आफ्नो समुदायको कल्याण, महिला सशक्तिकरणका लागि प्रतिबद्ध महिला समाजसेवी हुन्।

सम्मान ग्रहण गर्दै ममता झाले आफ्नो समुदायको उन्नतिको लागि अथक परिश्रम गर्ने र आपूmले ग्रहण गरेको पुरस्कार सबै महिलाहरूलाई समर्पित गरेको बताइन्।

‘राष्ट्र नारी सम्मान’ समुदाय र देशका लागि महत्वपूर्ण योगदान पुर्‍याउने महिलालाई दिइने राष्ट्रिय पुरस्कार हो। उनलाई उनको उत्कृष्ट उपलब्धि र नेतृत्वलाई मान्यता दिने विशेषज्ञहरूको प्यानलद्वारा यस सम्मानको लागि चयन गरिएको थियो।

प्रकाशित: २५ फाल्गुन २०७९ ०१:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App