coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी वृत्त मालीगाँउ र जिल्ला प्रहरी कार्यालय टेकु काठमाडौंलाई सहयोग गरेको छ।

बैंकको केन्द्रीय कार्यालय दरबारमार्गले प्रहरी वृत्त मालीगाँउलाई चेकिङबोर्ड, सामाजिक जनचेतनामूलक पुस्तिका, आवश्यक सम्पर्क नम्बरसहितको स्टिकर र मास्क हस्तान्तरण गरेको छ। मालीगाँउ वडा क्षेत्र वरपरको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र रात्रिकालीन समयमा प्रहरी चेकिङ गर्न सहयोग पुर्‍याउने उद्देश्यले बैकले उक्त सहयोग गरेको जनाएको छ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नक्सालका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ र प्रहरी वृत्त मालीगाँउका बरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त थापालाई बैकका निक्षेप बजारीकरण तथा कर्पोरेट सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले उक्त सामग्री हस्तान्तरण गरेका छन्।

यसैगरी बैंकको शंखमूल शाखाद्वारा जिल्ला प्रहरी कार्यालय, टेकुलाई फ्लोरेसन ज्याकेट हस्तान्तरण गरेको छ। रात्रिकालीन समयमा सडकमा खटिएका प्रहरीहरूको जोखिम व्यवस्थापनमा सहयोग पुर्‍याउन बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय टेकुका प्रहरी उपरीक्षक सिताराम रिजाललाई शंखमूल शाखाका प्रमुख पुण्य श्रेष्ठले उक्त सामग्री हस्तान्तरण गरेका छन्।

आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रम निरन्तर सञ्चालन गर्ने कुरा बैैंकले जनाएको छ।

प्रकाशित: २४ फाल्गुन २०७९ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App