coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

आन्दोलनरत लघुवित्त पीडितद्वारा लघुवित्तका कर्मचारी कुटिए

जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण भएको छ।

मोरङको कर्सियामा लघुवित्तका कर्मचारीमाथि आन्दोलनरत लघुवित्त पीडित सङ्घर्ष समितिका सदस्यहरूले शनिबार कुटपिट गरेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

लघुवित्त वित्तीय संस्थाका गौरीगञ्ज शाखामा कार्यरत कर्मचारी  त्रिदेव मण्डल माथि मोरङको धनपालथान गाउँपालिकामा कुटपिट भएको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले जानकारी दिए।

मण्डलका अनुसार कर्मचारी माथि कुटपिट भएपछि घटनाबारे जानकारी लिन पुगेका कर्मचारीहरू दिना मण्डल ,गायत्री मण्डल र स्थानीय दुई जनालाई पनि प्रहरी पक्राउ गरेको छ।

शनिबार पक्राउ परेकाहरूलाई आइतबार साँझ सम्म पनि प्रहरीले नछाडेको मण्डलले बताए। उनले कर्मचारी माथि विना कारण आक्रमण गर्नेहरूलाई नभई आक्रमणमा परेका कर्मचारी र घटनाबारे बुझ्न गएका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको गुनासो गरे।

उदयपुरकी शशिला थापाको समूहले कर्मचारीमाथि आक्रमण गरेको जीवन विकास लघुवित्तले जनाएको छ। यता मोरङ प्रहरीका प्रवक्ता टिकाबहादुर कार्कीले लघुवित्तका कर्मचारीलाई प्रहरीले पक्राउ नगरेको दाबी गरे।

उनले शनिबार लघुवित्तका कर्मचारी र सङ्घर्ष समितिका सदस्यहरूबिच भनाभन भएको र दुवै पक्षलाई छलफलका लागि मात्रै बोलाएको दाबी गरे।

प्रकाशित: २१ फाल्गुन २०७९ १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App