२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आव २०७८/७९ को वासलात, नाफा-नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ।

सञ्चालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा बसेको सभाले सेयर धनीलाई १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ सहित) गरी २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यसका साथै साधारणसभाले संस्थाको आव २०७९/८० को लेखापरीक्षण गर्न श्री सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य इजाजतपत्र प्राप्त एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरूलाई मर्जर/प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ। 

प्रकाशित: २१ फाल्गुन २०७९ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App