६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

१२ वर्ष देखि अलपत्र टाकुल्ला पुल

१२ वर्षदेखी निर्माणको काम अलपत्र रहेको टाकुल्ला खोलाकाे पुल खिया लागेको अवस्थामा। तस्विर: ललित विष्ट।

कर्णाली राजमार्ग विगत लामो समयदेखि मृत्यु मार्गको रुपमा चिनिँदै आएको छ। सरकारले यहाँका अफ्ठेरा सडकहरु र पुलहरुलाई छिटो निर्माण सम्पन्न गरेर सहज यात्रा गराउनका लागि करोडौं रकम खर्चे पनि अहिलेसम्म पुलहरु अलपत्र अवस्थामा रहेका छन्।

कतिपय कामहरु सम्पन्न भएर गुणस्तरीय छैनन् भने कतिपय कामहरु ठेकेदार कम्पनीको लापरवाहीका कारण सम्पन्न हुन सकेका छैनन्। ठेकेदारको लापरबाहीले कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट,जुम्ला सडकमा निर्माण गरिने टाकुल्ला पुल १२ वर्षदेखि अलपत्र छ ।

३ करोड रुपैयाँमा पुल निर्माण गर्नेगरी आर्थिक वर्ष २०६८÷०६९ मा जागृति–तुल्छी दुर्गा जेभीले निर्माणको जिम्मा लिएको थियो । उक्त कम्पनीले काम नगरेपछि २०७४ सालमा ठेक्का तोडिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । फेरि ठेक्का नहुँदा निर्माणको काम अलपत्र छ ।

सोही सडक खण्ड अन्तर्गतको दैलेख खण्डको जाक्सि खोलामा ढलान मात्र गरेर राखिएको पुलको सरियामा खिया लागि सकेको छ। पुल निर्माणको जिम्मा लिएको सिरुवार सुनकोशी र कबिर जेभीले कामको ठेक्का लिएको छ। अहिले पुल निर्माण अलपत्र परेको छ। न सम्बन्धित  निकायले चासो दिएका छन् नत ठेकेदार कम्पनीहरुले निर्माण पूरा गरेका छन्।

विगत १२ बर्ष देखि राजमार्गमा यात्रा गरिरहका नागरिकले सास्ती खेप्दै आएका छन्। पुल अड्याउने फलामका रडहरुमा खिया लागि सकेको बताउँदै सम्बन्धित निकायहरुले देखाएको मौनताप्रति प्रश्न गर्दै तत्काल काम ठग्ने ठेकेदारहरुलाई कालो सुचीमा राख्ने र लाइसेन्स खारेज गर्नुपर्ने कामको थालनी सरकारले गर्नुपर्ने स्थानीयको माग छ।  

सरकारले योजना निर्माणको जिम्मा दिएपछि त्यसको अनुगमन,गुणस्तर मापन, कार्यविधि अनुसार सार्वजनिक सुनुवाई,सार्वजनिक लेखा परीक्षण,जनश्रमदान,लगायतका कुराहरुमा सुरुवातदेखि चासो नदेखाउने गरेकोले ठेकेदारहरुले सरकारलाई झुक्याउने गरेको उनीहरु बताउँछन्।  

दैलेख,कालिकोट र जुम्ला खण्डमा पक्की पुल निर्माणको जिम्मा लिएका विभिन्न दर्जन बढि कम्पनीहरु भागेका छन्। कतिले काम भन्दा धेरै रकम फर्जी बिलका आधारमा असुल गरिसकेका छन्। ठेकेदार कम्पनीले काम गरे नगरेको नियमन गर्ने निकायको रुपमा रहेको सडक डिभिजन कार्यालय सुर्खेतले कामको गुणस्तर भए नभएको अनुगमन गर्न खट्ने प्राविधिकहरुको लापरवाहीका कारण पनि पुल निर्माणमा ढिलाई भएको कालिकोटका जिबन देवकोटाको आरोप छ।

दैलेख,कालिकोट हुँदै जुम्लासम्म जोड्ने कर्णाली राजमार्ग अन्तर्गत रहेका  टाकुल्ला खोला, जाक्सि खोलाको पुल निर्माणको जिम्मा लिएका ठेकेदारहरु फरार रहेको सडक विभागले जनाएको छ। आफूहरुले बारम्बार निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीहरुलाई ताकेता गर्दा पनि वास्ता नगरेपछि निर्माणको जिम्मा लिएका कम्पनीहरुलाई पत्राचार गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित: १० फाल्गुन २०७९ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App