२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रिमियम दर एक प्रतिशत कायम गर्न माग

बैंकहरूको उच्च प्रिमियम दरका कारण व्याज महँगो भएको भन्दै एक प्रतिशत मात्रै प्रिमियम थप गर्न पाउने व्यवस्था गर्न अर्थमन्त्री विष्णु पौडेलसँग मोरङका उद्योगी व्यवसायीले माग गरेका छन्। 

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको नेतृत्वमा गएको टोलीले आइतबार अर्थमन्त्री पौडेललाई भेट गरी बैंकहरूको प्रिमियम एक प्रतिशत कायम गर्न माग गरेको हो।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजाल उद्योग संगठन मोरङका उपाध्यक्ष नन्द किशोर राठीलगायतले अर्थ मन्त्री माननीय विष्णु प्रसाद पौडेललाई भेट गरी विद्यमान बैङ्किङ जटिलताहरू निराकरणका लागि पहल गरेका हुन्।

उद्योगीहरूले बैंकहरुले पछिल्लो अवस्थामा बैङ्किङ शुल्कहरू अचाक्ली रूपले बढाएकोले त्यसलाई समेत न्यून गराउन निर्देशन दिन अनुरोध गरेका छन्।  अध्यक्ष रिजालले मोरङ व्यापार संघको विगतका पहलहरूबाट नेपाल राष्ट्र बैंक र बैंकहरुले निक्षेप लगायतका व्याजहरूमा केही लचकता अपनाएकोमा धन्यवाद ज्ञापन गरेका थिए।

उनीहरूले ऋणीहरूको व्याज दर घटाउने कार्य चाहिँ भई नसकेको अर्थमन्त्री समक्ष जिकिर गरेका थिए। अर्थमन्त्री पौडेलले निजी क्षेत्रका उद्योगी/व्यवसायीहरूको पछिल्लो खस्कँदो अवस्थालाई ध्यानमा राखी नेपाल राष्ट्र बैंकले केही लचक नियमहरू क्रमिक रूपमा ल्याइरहेको बताएका थिए।

प्रकाशित: २९ माघ २०७९ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App