काठमाडौं– त्रिपुरेश्वरस्थित वल्र्ड टे«ड सेन्टरमा बिहीबारबाट ‘मेड इन पाकिस्तान’ मेला सुरु भएको छ।
रावलपिण्डी चेम्बरअफ कमर्शको आयोजना सुरु भएको उक्त मेलामा पाकिस्तानमा निर्मित छालाजन्य वस्तु तथा कपडा र कस्मेटिकलगायतका सामानहरु राखिएका छन्। मेलामा नेपाली व्यवसायीले नेपालका उत्पादनहरु समेत राखेका छन्।
मेलाको उद्घाटन गर्दै वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यले उक्त मेलाले नेपाल र पाकिस्तानबीच व्यापारिक सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने बताए। त्यस्तै पाकिस्तानका राजदूत मजत जावेदले नेपाल र पाकिस्तानबीचको व्यापारिक सम्बन्धलाई मेलाले अझ प्रगाढ पार्ने बताए।
उक्त मेला ८ दिनसम्म चल्ने बताइएको छ।
प्रकाशित: ६ आश्विन २०७३ ०९:२४ बिहीबार