याडिया ब्राण्डको ई–स्कुटरको आधिकारिक वितरकले चाबहिलको चुच्चेपाटीमा नयाँ सोरुमको उद्घाटन गरेको छ। उक्त नयाँ सोरुमको उद्घाटन काठमाडौं महानगरपालिकाको वडा अध्यक्ष भुवन तामाङले गरेका छन्।
कम्पनीले पोखरा, चितवन, दाङ, बुटवल, पाटन र भक्तपुरमा डिलर स्थापित गरिसकेकोमा चुच्चेपाटी चाबहिलमा नयाँ सोरुम सञ्चालनमा ल्याएको हो। कम्पनीले निकट भविष्यमै उपभोक्तालाई थप सेवा पु¥याउन उद्देश्यले बिर्तामोड, दमक, धरान, इटहरी, विराटनगर, लहान, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका स्थानहरूमा नयाँ आउटलेट खोल्ने जनाएको छ। हाल याडियाको सि१ एस, जि ५ एस मोडलहरू नेपालमा स्थापित रहेको छ।
प्रकाशित: २६ माघ २०७९ ०७:०६ बिहीबार