एनएमबी लघुवित्तले तीन दिने कर्मचारी तालिम सम्पन्न गरेको छ। सम्पत्ति शुद्घीकरण र कर्मचारी क्षमता अभिवृद्घि सम्बन्धी तालिम रणनीतिक योजना तर्जुमा गर्न सम्पन्न गरिएको हो।
सातवटै प्रदेशका प्रादेशिक कार्यालयका प्रमुख, क्षेत्रीय व्यवस्थापक, मध्य तथा उच्च व्यवस्थापनका सदस्यहरू सम्मिलित उक्त कार्यक्रममा संस्थाले कृषकहरूको सबै आवश्यकता सम्बोधन हुने गरी किसान शृङ्खलाको कर्जाहरू सार्वजनिक गरिएको छ। यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आनन्द पाण्डेले लघुवित्तबाट कर्जा लिएकै कारण कृषकहरू थप गरिब हुन नहुने नारासहित किसान शृङ्खला अन्तरगत विभिन्न कर्जा ल्याइएको बताएका छन्।
आगामी १५ दिनभित्र संस्थाका सबै कर्मचारीलाई यस शृङ्खला अन्र्तगतका कर्जाहरूको तालिम सम्पन्न गरी योजना पूर्ण रूपमा लागु गर्ने लक्ष्य संस्थाले लिएको छ।
प्रकाशित: २६ माघ २०७९ ०१:१९ बिहीबार