१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

७ अंकले सेयरबजार करेक्सन

साताको तेस्रो दिन मंगलबार ७६ अंकले बढेको सेयरबजार चौथो दिन बुधबार भने सामान्य अंकले करेक्सन भएको छ। बुधबार नेप्सेपरिसूचक ७.१६ अंकले घटेर २१७०.१८ बिन्दुमा झरेको छ। बुधबार सुरुदेखि नै उच्च अंकले बढेको नेप्सेपरिसूचक २२१३.५७ अंकले बढेको नेप्सेपरिसूचक कारोबार बन्द हुने बेला २१७०.१८ बिन्दुमा झरेको छ।  

बुधबार ६७ कम्पनीको सेयर बढ्यो भने १४२ कम्पनीको सेयर घट्यो। ७ कम्पनीको सेयर स्थिर रह्यो। बुधबार एक करोड ५ लाख २ हजार ६ सय ४९ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ६९ करोड १९ लाख ७२ हजार ८ सय १७ रूपैयाँको सेयर किनबेच भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेका तीन वटै सूचक घटेका छन्। सेन्सेटिभ सूचक ०.८७ अंक, फ्लोट सूचक ०.५७ अंक र सेन्सेटिभ फ्लोट सूचक भने ०.३८ अंकले घटेको छ। नेप्सेका १३ वटा उपसूचकमध्ये बुधबार दुई वटा उपसूचक मात्रै बढे। बढ्ने उपसूचकमा ७.७५ अंक र टे«डिङतर्फ १.१३ अंकले बढेको छ। बुधबार ११ वटा उपसूचक घटेका छन्। सबैभन्दा धेरै घट्ने उपसूचकमा जीवनबीमातर्फ ६१.५० अंक, होटल तथा पर्यटनतर्फ ४९.७१ अंक, उत्पादन तथा प्रसोधनतर्फ भने ४१.९० अंकले घटेको छ। बुधबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा तेह्रथुम पावर कम्पनी रह्यो। सो कम्पनीको सेयर ३.३२ प्रतिशतले बढेको थियो। धौलागिरी लघुवित्त कम्पनीको सेयर ३.०८ प्रतिशत, राधी विद्युत् कम्पनीको सेयर २.५९ प्रतिशत र प्राइभ लाइफ इन्सुरेन्सको सेयर २.५६ प्रतिशतले बढेको छ। बुधबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा आदर्श लघुवित्त कम्पनी रह्यो ।  

सो कम्पनीको सेयर ५.१४ प्रतिशतले घटेको छ। पोखरा फाइनान्स लिमिटेडको सेयर ४.९८ प्रतिशत, ग्रिन भेन्चर लिमिटेडको सेयर ३.८८ प्रतिशतले घटेको छ। साताको तेस्रो दिन मंगलबार नेप्सेपरिसूचक ७६.६४ अंकले बढेर २१७७.३४ बिन्दुमा पुगेको थियो।  

सो दिन ९३ लाख ३३ हजार ७ सय ८८ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रूपैयाँ बराबरको सेयर कारोबार भएको थियो। साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ४.६२ अंकले वृद्धि भएर २१००.७० बिन्दुमा पुगेको थियो। सो दिन ३९ लाख २२ हजार २ सय १६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६ सय ४५ रूपैयाँको सेयर किनबेच भएको थियो। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १.५४ अंकले बढेर २०९६.०८ अंकमा पुगेको थियो। सो दिन ५२ लाख ६ हजार ३ सय ७० कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९३ करोड १७ लाख १९ हजार १ सय ३ कम्पनीको सेयर कारोबार भएको छ ।

प्रकाशित: २६ माघ २०७९ ०१:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App