७ वैशाख २०८१ शुक्रबार
अर्थ

ट्रयो र यारीमा नगद छुट

अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी महिन्द्रा एण्ड महिन्द्राले देशका विभिन्न क्षेत्रका १२ वटा महिन्द्रा बिक्री केन्द्रमा एकै साथ ‘नगद छुट मेला र अटो सटही योजना’ ल्याएको छ।योजना अनुसार इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रिया र यारी’ खरिद गरे बापत ४० हजारसम्मको नगद छुट रहेको छ ।

योजना ग्राहकहरूलाई राहत दिन र नयाँ इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’ र ‘यारी’ को प्रयोगले उद्यमशीलतालाई समर्थन गर्ने प्रयास भएको कम्पनीले जनाएको छ।साथै मेलाबाट पुराना तथा नयाँ ग्राहकहरूले अधिकतम लाभ लिन सक्ने अपेक्षा कम्पनीले राखेको छ।यस्तै महिन्द्रा ट्रियो अटो र यारीले परम्परागत पेट्रोल सवारी साधनको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्छ भन्ने कम्पनीको विश्वस्त छ ।

यस्तै महिन्द्रा एण्ड महिन्द्राले इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो र यारी तीन नयाँ स्थानमा सार्वजनिक भएको छ।

प्रकाशित: २५ माघ २०७९ ००:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App